Fri. Mar 29th, 2024

मनोरंजनसंसार डटकम
gajalu
भोलि अर्थात् जेठ २८ शुक्रबार पारेर देशभरका हलहरुबाट एकैसाथ प्रदर्शनमा आउन लागेको चलचित्र “गाजलु” को अहिले नेपाली बजारमा सर्वाधिक डिमान्ड रहेको छ | नेपाली बजारमा हिन्दी चलचित्रले मात्र अग्रिम बूकिंग गर्ने रेकर्ड र प्रथालाई “गाजलु” ले तोडेको छ | अहिले नेपालको सम्पूर्ण मल्टीप्लेक्स हलहरुमा धेरै नै हाई रुपमा “गाजलु” को डिमान्ड रहेको पाइएको छ | चलचित्र प्रदर्शनको अगावै निकै नै धेरै शो बूकिंग भईसकेको छ भने अझै बूकिंग हुने क्रम बढ्दो छ | अहिले “गाजलु” ले देशभरीका सम्पूर्ण हलहरुमा निकै नै आक्रामक हिसाबले बूकिंगमा कब्जा जमाई रहेको छ | राजधानीको सिविल मलमा २६५ सिट रहेको सानो हलमा राखिएको “गाजलु” को शो लाई बढ्दो अत्याधिक बूकिंगका कारण सारेर ४७५ सिट रहेको ठुलो हलमा राखिएको छ |
gajalu
चलचित्रले अहिले बजारमा यस्तो हाई डिमान्ड लिनुको कारण धेरै छन् | ति मध्ये चलचित्रमा उठाइएको “कुमारी” को कथा बस्तु र चलचित्रमा जोडिएका निर्देशक हेमराज बिसी , नाएक अनमोल केसी र पूर्व मिस नेपाल सृष्टि श्रेष्ठ प्रमुख कारण हुन् | “होस्टेल” “जेरी” लगाएतका सर्वाधिक लोकप्रिय चलचित्र निर्देशन गरिसकेका निर्देशक हेमराज बिसीको अहिले नेपाली बजारमा निकै धेरै क्रेज छ भने धेरै दर्शकहरुको मनमा उनि छाहीसकेका छन् | त्यसै गरि अहिलेका सुपरहिट नाएक अनमोल केसीको उपस्थितिले पनि चलचित्रलाई निकै नै धेरै फाइदा पुराएको छ | अहिले नेपाली धेरै दर्शकहरुको मनमा मात्र एउटा नाम छ अनमोल केसी | त्यसै गरि पूर्व मिस नेपाल सृष्टि श्रेष्ठको अनमोल संगको क्यामेसट्रीले पनि निकै दर्शकहरुको मनमा उत्सुकता जनाएको छ | त्यसै गरि चलचित्रमा नेपालमा रहेको “कुमारी” को विषयलाई निकै नै राम्रो तरिकाले प्रस्तुत गर्न खोजिएको छ |
gajalu
चलचित्र प्रदर्शन मिति भन्दा एक दिन अगाढी आज अर्थात् बिहीबार २७ गते राजधानीमा “गाजलु” को रेड कार्पेट शो गरिदै छ | चलचित्रको बढ्दो डिमान्डका कारण चलचित्रले निकै नै राम्रो व्यापार गर्ने कुरामा पनि डिसट्रीविउटर गोबिन्द शाही निकै बिस्वस्त देखिनछन् | चलचित्रले व्यवसाहिक रुपमा नेपाली चलचित्र इतिहासमा छुट्टै किसिमको नया पन्ना कोर्ने कुरा पनि उनले उल्लेख गरेका छन् | चलचित्रले अत्याधिक रुपमा धेरै भन्दा धेरै दर्शकहरुको मन जित्न सफल रहने विश्वास निर्माता रोहित अधिकारीले बेक्त गरेका छन् |
gajalu
चलचित्र भोलि अर्थात् जेठ २८ गतेबाट देशभरका हलहरुबाट एकैसाथ प्रदर्शनमा आउने छ | राजधानीका सम्पूर्ण हलहरुमा “गाजलु” को दबदबा देखिएको छ | चलचित्र “गाजलु” को यो डिमान्डका कारण जेठ २८ बाट चारैतिर “गाजलु” मय हुने देखिएको छ |
हेर्नुस ट्रेलर:

हेर्नुस गीत:


%d bloggers like this: