Mon. Apr 29th, 2024

मनोरंजनसंसार डटकम
lappan-chappan
युरोप को विभिन्न भागमा छायांकन सक्काएर चलचित्र “लप्पन छप्पन” युनीट नेपाल फर्किएको छ | गोल्डेन हिल्स पिक्चर प्रा:लि:को प्रस्तुतिमा बन्न लागेको यो चलचित्रको बाकी छायांकन अब नेपालमा गरिने छ | स्वित्ज़ेर्लैंड,बेल्जियम र होलैंडको छायांकन पछि निर्माण युनीट नेपाल फर्किएको हो | चलचित्रमा हलिउड कलाकारको समेत अभिनय रहेको छ |
lappan chhapan belgium
चलचित्रमा सौगात मल्ल ,दयाहंग राई ,अर्पण थापा ,वर्षा सिवाकोटी,श्याम श्रेष्ठ ,देबु श्रेष्ठ ,शिव खरेल ,प्रकाश जंग शाह ,सुन्दर श्रेष्ठ ,शान्ति भट्ट लगाएतका कलाकारहरुको अभिनय रहेको छ | बिदेशमा ५० प्रतिसत छायांकन सकिएको यो चलचित्रको अन्य छायांकन भने नेपालमा हुनेछ | मुकुन्द भट्टले निर्देशन गरेको यो चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन र चन्द्र पन्त को द्वन्द समावेश छ | चलचित्रमा सुरेन्द्र पौडेलको सम्पादन र दिपक आरजेको संगीत सुन्न सकिन्छ | चलचित्रका निर्माता डम्बर बहादुर चन्द ,सह-निर्माता इन्द्र प्रसाद खरेल ,कार्यकारी निर्माता सहदेव गौतम एवम प्रस्तुतकर्ता सानुका कंडेल रहेका छन् |

%d bloggers like this: