Tue. Apr 16th, 2024

मनोरंजनसंसार डटकम
kismat-2
निरमता छबि राज ओझाले निर्माण गरेको पछिल्लो चलचित्र “किस्मत २” को गीत सार्वजनिक भएको छ | “उनि आकाश बाट झरेकी अप्सरा” बोलको गीतलाई बुढासुब्बा मयूजिकले बजारमा ल्याएको हो | गीतले राम्रो दर्शक समेत पाइरहेको छ | असोज २१ गतेबाट प्रदर्शनमा आउन लागेको यस चलचित्रलाई ऋषि लामिछानेले निर्देशन गरेका हुन् भने दिजेन्द्र शाक्य कार्यकारी निर्माता रहेका छन् |
छबिले आफ्नो सफल चलचित्र “किस्मत” को सीकोयेलको रुपमा यो चलचित्र बनाएका हुन् | अगिल्लो चलचित्रमा रेखा थापा,बिराज भट्ट र आर्यन सिग्देलको मुक्खे भूमिका रहेको थियो भने यो सीकोयेलमा शिल्पा पोखरेल,किशोर खतिवडा र नव कलाकार पृथ्वीराज शर्माको मुक्खे भूमिका रहेको छ | चलचित्रमा श्याम भट्टराईको कथा ,सामिपेराज तिमिल्सिनाको पटकथा र अर्जुन पोखरेलको संगीत रहेको छ |
हेर्नुस गीत:

%d bloggers like this: