Sun. May 19th, 2024

मनोरंजनसंसार डटकम
गायिका जितु लामा (लोप्चन)को गीति एल्बम ‘जिन्दगीको गोरेटोमा’ बुधबार सार्वजनिक भएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानमा एक समारोहमा वरिष्ठ सङ्गीतकार तथा नेपाल नाट्य तथा संगीत प्रतिष्ठानका अध्यक्ष शम्भुजित बासकोटाको प्रमुख आतिथ्यमा एल्बम सार्वजनिक भएको हो ।
जिन्दगीको गोरेटो, डिम्पल पर्ने गाला, छोडी गयौ, अल्लारे उमेर, धोकेबाज, अजम्बरी चोखो नाता, फापरे बारीमा, हाँसी हाँसी र हिजो राती सपनीमा गरि ९ गीत समावेस गरिएको एल्बमलाई युथ क्रिएशनले बजारमा ल्याएको हो ।
मीन बि. लामा, मीनसागर लामा, राम एस तामाङको शब्दमा सजिएका गीतहरुमा नरहरि प्रेमी, सन्तोष प्रगाढ र चन्द्रकुमार दोङले संगीत भरेका छन् । कार्यक्रममा एल्बमका बारेमा र नेपाली गीत संगीतका बारेमा शम्भुजित बासकोटा र नरहरि प्रेमीले बोलेका थिए । गायिका जितु लामाले आफ्नो जन्मदिनको अवसर पारेर यो एल्बम दर्शक,स्रोतामाझ ल्याएकी हुन् ।
उक्त अवसरमा आफूले लामो समयको प्रयासबाट ‘जिन्दगीको गोरेटोमा’ ल्याउन सफल भएका बताइन् । कार्यक्रममा एल्बममा समावेस गरिएको एउटा गीतको भिडियो पनि देखाइएको थियो ।

%d bloggers like this: