Mon. May 6th, 2024

मनोरंजनसंसार डटकम
मंगलबार अस्पताल भर्ना भएका संगीतकार अम्बर गुरुङलाई शुक्रबार बिहान भेन्टिलेटरमा राखिएको छ। गुरुङ राति साढे दुई बजे एक्कासी बेहोस भएपछि भेन्टिलेटरमा राखेर कृत्रिम श्वासप्रश्वास दिइरहेको राखिएको सांगीतिक अभियन्ता रतन चन्दले सेतोपाटीलाई जानकारी गराए।
‘अहिलेसम्म होस खुलेको छैन, अवस्था गम्भीर छ,’ चन्दले भने, ‘राति दुई बजेसम्म अवस्था सामान्य थियो। एक्कासी बेहोस भएपछि डाक्टर बोलायौं। डाक्टरका अनुसार मुटुको एकैछिनका लागि रोकिएको रहेछ।’ चन्दका अनुसार नौ बजे रिपोर्ट आएपछि मात्र थप थाहा हुनेछ।
केही खानेबित्तिकै वान्ता भइहाल्ने बित्तिकै वान्ता हुने समस्या भएपछि उनलाई मंगलबार राति ग्रान्डी अस्पताल पु¥याइएको थियो। चन्दका अनुसार उपचारपछि गुरुङको स्वास्थ्यमा निकै सुधार आएको थियो। ‘हिजो हामी मीठामीठा कुरा गरेर बस्यौं। नर्सहरुलाई गीत सुनाउनुभयो। अझ छोरी अल्का गुरुङसँग त ‘दिमागमा चारवटा धुन आएको छ, पछि सुनाउँछु है’ भन्नुभएको रहेछ। ’ चन्दले भने।
गुरुङ लामो समयदेखि मधुमेह र पार्किन्सनलगायत रोगबाट पीडित थिए। भारतको हरियाणस्थित मेदान्त अस्पतालमा करिब साढे दुई महिना लामो उपचारपछि चैत १७ गते घर फर्किएका थिए।

%d bloggers like this: