Fri. May 3rd, 2024

मनोरंजनसंसार डटकम
चर्चित कलाकार बुद्धि तामाङ (हनुमाने) र रजनी गुरुङ (मंगली) द्वारा अभिनित म्युजिक भिडियो सार्वजनिक भएको छ |
budhhi-tamang
हैट ! बोलको थेगोले चर्चाको शिखरमा पुगेका कलाकार बुद्धि तामाङ द्वारा अभिनित यो म्युजिक भिडियोलाई फोटोपत्रकार नबिन बाबु गुरुङले निर्देशन गरेका हुन् |
लोकप्रिय टेलीफिल्म मेरी बास्सै बाट चर्चामा आएका यो जोडी पहिलो पटक एकै साथ म्युजिक भिडियोमा देखिएका हुन्|
गायक बिकास उप्रेतीको राफ्टिङ् चढेर बोलको यस म्युजिक भिडियोलाई फोटो पत्रकार तथा निर्देशक नबिन बाबु गुरुङको अलवा राजु तामाङ र बिकास पौडेल (अष्ट्रेलिया) ले छायांकन गरेका हुन् |
budhhi-tamang
किरण भण्डारीको रमाईलो शब्द संगीतमा तैयार भएको यस म्युजिक भिडियो गीत जस्तै रमाईलो बनेको छ |
केहि समय अघि शुटिङ सम्पन्न भएको समाचार संगै सबै दर्शक स्रोताहरुको पर्खाइमा रहेको यस म्युजिक भिडियो आज देखि नै नेपाली टेलिभिजनका पर्दाहरु संगै स्ट्रीटनेपालको युट्युब च्यानलबाट विश्वभर हेर्न पाउने भएको छ |
budhhi-tamang
यस म्युजिक भिडियोलाई जीवन थापाले सम्पादन गरेका हुन् | कबड्डी चलचित्र संगै व्यस्त बनेका बुद्धि तामाङका अनुसार स्टोरी हामी दुई जनालाई नै सोचेर निर्देशक नबिन बाबु गुरुङले बनाएकोले र नजिकको साथिको आग्रहलाई नकार्न नसकेर म्युजिक भिडियो खेलेको तर सोचे भन्दा राम्रो भइ दिंदा आफु हौसिएको बताए |
budhhi-tamang
यस्तै पोखरामा बसेर पनि अत्यधिक व्यस्त रजनी गुरुङले हाम्रै जोडीलाइ सोचिएको म्युजिक भिडियो अनि स्क्रिप्ट पड्दा रमाइलो लागेकोले गर्दा पनि यस म्युजिक भिडियोमा आफुले काम गरेको बताइन|
budhhi-tamang
राजधानी बाट टाढा भए पनि सबै जनालाई नजिक हुने गरि पोखरा र काठमाडौँबाट बिचमा भेट्ने गरि गोरखाको छेपेटार वरपर छायांकन गरिएको यस म्युजिक भिडियोमा यस जोडीलाई फेरी पर्दामा जमाउन फोटोपत्रकार तथा निर्देशक नबिन बाबु गुरुङले चलाखी गरेको देखिन्छ |
budhhi-tamang
जे होस् रमाइलो गीतसंगै रमाइलो म्युजिक भिडियो बनेकोले सम्पूर्ण टीमलाइ हार्दिक बधाई शुभकामना ||.
हेर्नुस गीत:

%d bloggers like this: