Tue. Apr 23rd, 2024

मनोरंजनसंसार डटकम
kareena-kapoor-khan
करिना कपुर सैफ अली खानसँगको विवाहपछि धेरै बदलिएकी छन् । त्यसो त विवाहपछि उनको फिल्मी करिअरमा पनि धेरै बदलाव आइसकेको छ ।
पहिलो नम्बरकी बलिउड नायिका छँदै अचानक सैफसँग प्रेम विवाह गरेपछि उनको बल्दो करिअरमा बिस्तारै चिसोपन छिरेको थियो । विवाहपछि पनि उनले एक/दुई फिल्म नखेलेकी हैनन् । तर उनका फिल्मले पहिले जस्तो क्रेज बक्सअफिसमा देखाउन सकेनन् ।
फिल्म पनि खासै हातमा नहुनु अनि परिवारमै सीमित भएपछि करिनाका विवाहपछिका दिन प्राय: फुर्सदिला बनेका छन् । आफू अध्ययनमा खासै रुचि नराख्ने बताउने करिना हिजोआज भने अध्ययनशील हुँदै गएकी छन् ।
त्यसो त केही अघि आफैंले भनेकी थिइन्, ‘मलाई पढ्न भनेपछि मन नै लाग्दैन । बरु सैफ फुर्सद भयो कि किताब लिएर पढ्न बसिहाल्छन् । खासमा यो राम्रो बानी पनि हो ।’
हुन पनि नायक सैफ राम्रो पाठक पनि हुन् । सायद यति बेला करिनामा पतिकै पढन्ते संस्कृतिको प्रभाव पर्दै गएको हुनुपर्छ, यतिबेला आफू पनि पढन्ते भएको बताएकी मात्रै छैनन्, समय हुँदा किताब पढ्नमा रुचि राख्न थालेकी छन् । हालैको लन्डन यात्राका क्रममा पनि उनमा यस्तै देखियो ।
विज्ञापनको सुटिङ र पतिसँगको छुट्टी मनाउन लन्डन जाने क्रममा करिनाले यसपटक झोलामा विभिन्नखाले किताब पनि राखिन् ।
‘करिना अचेल साइकोलोजिकल थ्रिलर पुस्तकहरू पढ्नमा रुचि राख्न थालेकी छन् । लन्डन जानुअघि पनि उनले लाइब्रेरी र पुस्तक पसलबाट त्यस्ता खालका केही किताब उठाएकी थिइन्,’ करिनाको पारिवारिक स्रोतले बताएको छ । शनिबार भने करिना लन्डनको सडकमा सैफसँग घुमिरहेका तस्बिरले पनि मिडियामा स्थान पाएका छन् ।
लन्डन ट्रिपलाई अध्ययन भ्रमण बनाएकी करिना फर्के लगत्तै रिलिजको मुखमा रहेको ‘उडता पन्जाब’ को प्रमोसनमा लागिपर्नेछिन् ।

%d bloggers like this: