Fri. Apr 26th, 2024

मनोरंजनसंसार डटकम
चलचित्र ‘तीन घुम्ती’ को प्रोमो सार्वजनिक भएको छ । शुक्रबार राजधानीमा प्रेसमिट गर्दै यो चलचित्रको निर्माण युनिटले प्रोमो सार्वजनिक गरेको हो । विपी कोइरालाको चर्चित कृति तीन घुम्ती माथि बनेको यो चलचित्रलाई बाबुराम ढकालले निर्देशन गरेका हुन् ।
teen-ghumti
चलचित्रका निर्माता राकेश अदुकिया हुन् |चलचित्रमा गरिमा पन्त, नायकद्वाय ध्रुव दत्त र सुशान्त कार्कीको मुख्य भूमिका रहेको छ । यस्तै चलचित्रले ‘मुख्य पात्र ईन्दिरा माया र अन्य पात्रको माध्यमले समाजलाई धेरै कुराको पाठ सिकाउने निर्देशक बाबुरामको भनाई छ ।चलचित्रमा गीत संगीत बसन्त सापकोटाको रहेको छ |
हेर्नुस ट्रेलर:

हेर्नुस गीत :

%d bloggers like this: