Sun. Apr 28th, 2024

“लुकामारी” संगै असार १० मा दिपेन्द्र दाहालद्वारा निर्देशित चलचित्र “रिलेशन” पनि प्रदर्शनमा आउने भएको छ | निर्माण टिमले ट्रेलर सार्वजनिक गर्दै अफिसियल रिलिज मिति तय गर्यो ।

यो मितिमा चर्चामा रेको सौगात मल्लको केहि फरक अभिनय समेटिएको भनिएको फिल्म ‘लुकामारी’ प्रदर्शनमा आउँदैछ । व्यापारिक रुपमा जसले बाजी मारे पनि हल बाँडफाँडको भागवण्डाले भने फिल्मलाई असर पार्नसक्छ ।
‘रिलेशन’ बुधबार सेन्सर पास पनि भएको छ । सेन्सर वोर्डले फिल्मलाई पिजी सर्टिफिकेट दिएको छ । फिल्ममा तेक्वान्दो खेलको महत्वले संसारिक जिीवनमा पार्ने प्रभावको बिषयमा प्रष्टयाएको छ ।
फिल्ममा तेक्वान्दोका फस्ट सेभेन डन दिवाकर महर्जन र अमेरिकी व्ल्याक बेष्ट कृटिना नुनास तथा उपेन्द्र तिमल्सिना,महिमा सिलवाल ,लक्ष्मण बिक्रम बस्नेत ,शुशिल पोख्रेल लगायत तेक्वान्दोका अन्र्तराष्ट्रिय खेलाडीहरुको पनि अभिनय समेटिएको छ ।
फिल्ममा अमेरिकी तेक्वान्दो तथा नेपाली तेक्वान्दोको सम्बन्धलाई पनि देखाईएको निर्देशक दिपेन्द्र दाहालले बताए । हलिउड र नेपाली कलाकारको मिश्रीत अभिनय देख्न सकिने यो फिल्म जेठ ३० मा हलिउड थिएटरमा पनि रिलिज हुने बताईएको छ ।

%d bloggers like this: