Sat. Apr 20th, 2024

मनोरंजनसंसार डटकम
देवकुमार श्रेष्ठको निर्देशनमा तयार फिल्म ‘लालटिन’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक फर्स्टलुक पोस्टरमा पात्रलाई गौण राखिएको छ भने सांकेतिक रुपमा ‘लालटिन’ समाईरहेको देखिन्छ ।
laltin
laltin
पृष्टभुमीमा नचिनिने गरी ‘लालटिन’ समाईरहेका पात्र पोस्टरमा अंकित छन् । फिल्ममा दयाहाङ राई, प्रियंका कार्की, केकी अधिकारी, अर्जुन गुरुङ, जनक बर्तौला, राज कटुवाल लगायत अभिनयमा छन् ।
भानुप्रतापको प्रस्तुती तथा अनिम श्रेष्ठ र राज केसीको लगानी रहेको फिल्मको सह-निर्मातामा मनोज राजभण्डारी र दिपक श्रेष्ठ छन् । फिल्ममा हरि घलेको छायाँकन छ ।
विनोद ढकाल, किरण माईकल, डिजराज पौडेलको संगीत समावेश फिल्ममा रोशन श्रेष्ठको स्वन्द्व समावेश छ । करोड बढि भनिएको फिल्मलाई उपत्यकामा सुनिल मानन्धरले र मोफसलमा एफडी कम्पनिले वितरण गर्दैछ । फिल्मको रिलिज मिति भने तय छैन् ।

%d bloggers like this: