Fri. May 3rd, 2024

बलीउड अभिनेता तथा निर्माता अरवान खान र मलाइका अरोरा खानको डिभोर्स नहुने भएको छ । केहि समयदेखी अरवाज र मलाइका खानबिच बैंबाहिक सम्बन्धमा दरार आएको खबरहरु बारम्बार आइरहेका थिए र यहि क्रममा उनीहरुले प्रेस विज्ञप्ती जारी गर्दै आफुहरुको सम्बन्ध टुंगिन लागेको पनि बताए । सम्बन्ध विक्षेद हुने अन्तिम प्रक्रियामा पुगेका उनीहरु अब भने एक हुने भएका छन् । खबर अनुसार यि दुईले डिभोर्स नगर्ने भएका छन् ।
arbaaz-khan
केहि दिन अघिमात्र नेपालबाट भारत फर्किएकी मलाइकाले अरवाजसँग सम्बन्ध गाँस्न तयार भएको खबर मुम्बई मिररले प्रकाशन गरेको छ । मलाइका र अरवाजलाई मिलाउन सलमान खानको ठुलो हात रहेको पनि मिररले आफ्नो समाचारमा उल्लेख गरेको छ । सलमान खानले अरवाज र मलाइकाको सम्बन्धमा दरार आएपछि मध्यस्तकर्ताको भुमिका निर्वाह गरेका थिए । प्राप्त खबर अनुसार अब मलाइका अरवाजको घर फर्किन तयार समेत भइसकेकी छिन् र उनी केहि दिन भित्रै अरवाजको घर जानेछिन् । अहिले मलाइका माइतीमा बस्दैं आइरहेकी छिन् ।

%d bloggers like this: