Mon. May 6th, 2024

गएको बर्षमात्र आमा बनेकी बलीउड अभिनेत्री रानी मुर्खजी तत्काल चलचित्रमा फर्कने सम्भावना निकै कम छ । पारिवारिक स्रोतले बताए अनुसार उनी अब केहि बर्ष आफ्नी नवजात छोरीलाई पुरा समय खर्चने छिन् । आमा बनेपछि मोटाएकी यी अभिनेत्री केही समय मिडियामा समेत आइनन् । आफू निकै मोटाएका कारण उनी मिडियामा आउन नचाहेकी हुन् ।
rani-mukherjee
rani_640x480_51439199246
तर, एकपछि अर्को गर्दै आफ्ना तस्बिरहरू सञ्चार माध्यममा आएपछि उनी मोटाएको खुलासा भएको छ । छोरी जन्मिएपछि खानपानमा विशेष ध्यान दिएकी यी अभिनेत्रीले व्यायाममा चासो देखाइनन् । सोही कारण पनि उनी मोटाएको रानीका आफन्तहरूको भनाइ छ । पछिल्लो समय यी अभिनेत्री आफ्ना पति र छोरीका साथ पेरिसमा छिन् ।

%d bloggers like this: