Fri. Apr 26th, 2024

rolpa rog censor pass
आगामी बैशाख २४ बाट प्रर्दशनमा आउने सिनेमा रोल्पा रोगले सेन्सर पास भएको छ जसले बोर्डबाट पिजी सर्टिफिकेट प्राप्त गरेको हो ।
सिनेमामा समाबेस केहि दृश्यहरुका कारण अब १६ बर्षभन्दा मुनिका दर्शकहरुले आफ्नो अभिभावकको निगरानीमा मात्र यो सिनेमा हेर्न पाउने भएकाछन । रोल्पा रोगलाई सेन्सर बोर्डका सदस्यहरुले मन पराएको र सफलताको शुभकामना ओअनी दिएको सिनेमाका निर्देशक दिपक वलिले बताए ।
संचारकर्मी शिशिर भण्डारीको मुख्य अभिनय रहेको सिनेमामा कुलदिप अधिकारी, जनक घर्ती मगर, शुसिल पोखरे, बिनु खड्का, कश्मिरा रसाईली आदि कलाकारहरुको मुख्य भुमिका रहेको छ । थल बहादुर वलि फिल्मका निर्माता हुन् ।
रोल्पा रोगले रोल्पाली सँस्कृति सँगै द्धन्दको बेला रोल्पाली ३ युवाहरुमा परेको असरको कथालाई मुख्य बिषयवस्तु बनाएको छ ।

 

%d bloggers like this: