Thu. Apr 25th, 2024

फिल्म ‘जिस्म’ को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । शनिबार सार्वजनिक पोस्टरमा अर्चनालाई निर्वस्त्र देखाईएको छ ।
असार ३१ लाई प्रदर्शन मिति तय गर्दै केहि दिन पहिले मात्रै छायाँकन सकाएर पोस्ट प्रोडक्शनको क्रममा रहेको यो फिल्मलाई राजु गिरीले निर्देशन गरेका हुन् ।

निर्माण ईजाजत विना छायाँकनमा जाँदा अनि अर्चना पनेरु अभिनयमा रहेकै कारण यो फिल्म विवादमा परेको थियो । फिल्ममा राम्जी लामिछानेको कोरियोग्राफी छ भने अर्चनासँगै सुरेन्द्र बुढा, उकेश पनेरु, सुभेच्छा थापा लगायत अभिनयमा छन् ।
फिल्म राजु गिरी प्रोडक्शन प्रालीको व्यानरमा तयार भएको हो । यो फिल्मलाई भेट्रान वितरक सुनिल मानन्धरले वितरणको जिम्मा लिएका छन् ।
%d bloggers like this: