Thu. May 2nd, 2024

सुपरस्टार अभिनेत्री रेखा थापाको पछिल्लो रिलिज फिल्म ‘राम प्यारी’ ले शुक्रबार देशैभर आक्रमक कलेक्सन गर्यो । शनिबार पनि यो फिल्मले बिहानी तथा मध्यान्हमा पनि देशका सम्पूर्ण हलहरुमा हाउसफूलको व्यापार गर्न सफल भएको छ । राजधानीका गोपिकृष्ण, अष्टनारायण, कलंकी, गुण लगायत हलहरुमा ‘राम प्यारी’ ओभरफ्लो हुन गयो ।Aavash News
काठमाण्डौं वितरक गोपाल कायस्थका अनुसार रेखाको ‘राम प्यारी’ ले एकल पर्दामा शुक्रबार तथा शनिबारको मध्यान्ह्का शोहरुमा पछिल्लो सुपरहिट फिल्म ‘ड्रिम्स’ को कलेक्सनलाई पनि उछिनेको छ । वितरक कायस्थले भने, ‘धेरै सिङ्गल हलहरुमा ‘राम प्यारी’ ले ड्रिम्सलाई पनि उछिनेको छ ।Aavash 1
यस्तै शनिबार मध्यान्ह्को शोजमा चावाहिलस्थित गोपिकृष्ण हलमा पुगेका ‘राम प्यारी’ नव नायक आभाष अधिकारी र नायिका आश्मा डिसीलाई दर्शकले न्यानो माया देखाए । नव नायक आभाष अधिकारीसाग सेल्फी खिच्न दर्शकहरुको भिड निकै बेरसम्म लाग्यो । सोही हलमा शुक्रबार नायिका थापालाई दर्शकले हुटिङ गर्दै उचालेका पनि थिए ।
Aavash News 2
 
शुक्रबार  रामप्यारिले १६ लाख माथि र नाई नभन्नु ल ४ ले ११ लाखको व्यापार गरेको बुझ्नमा आएको छ, यद्धपि अधिकारिक बक्स  अ अफिस कलेक्सन रिपोर्ट भने आउँ बाकि रहेको छ ।
ग्ल्यामर नेपालको सहयोगमा
तस्बिर : सपन श्रेष्ठ 

%d bloggers like this: