Fri. Apr 19th, 2024

fc6e1a1353c75d4721a1718a959e8600449276f2
एक सैनिकको प्रेम कथामा सिनेमा ‘सयपत्री’ बन्ने भएको छ । बुधबार राजधानीको चार तारे होटल हिमालयमा एक बिशेष कार्यक्रम बिच नेपाली सेनाका प्रधानसेनापती राजेन्द्र क्षेत्रीको प्रमुख आतिथ्यतामा ‘सयपत्री’को औपचारिक घोषणा गरिएको हो ।
बब्बी भुपाल सिंह जसले यस अघि ‘माला’ नामक सिनेमा निर्देशन गरि चर्चा कमाएका थिए उनैले यो सिनेमा निर्देशन गर्नेछन । सिनेमामा अभिनेता सुरज सिंह ठकुरी आर्मी अफिसरको भूमिकामा देखिनेछन । सुरजको प्रेमिकाको रुपमा सिनेमामा थियटर बाट आएकी अभिनेत्री आकांक्षा कार्की देखिनेछिन  भने सन्दिप क्षेत्रीको समेत अभिनय रहने छ ।
कार्यक्रममा बोल्दै सुरजले आफु बाबु संग सैनिक ब्यारेकमै हुर्किएको र सानै देखी आर्मी बन्न चाहेको तर असफल भएको तर आज आएर सिनेमामा भएपनि बर्दी लगाउन पाउदा खुशी एबं उत्साह जागेको बताए । त्यस्तै सेनापति क्षेत्रीले आफुले पहिले परिवार सहित माला हेरेको र सिनेमाले दिएको सन्देश मन परेकोले यसपटक पनि निर्देशक सिंहलाई सक्दो सहयोग गर्ने भन्दै शुभकामना दिए ।
sayapatri announced
कार्यक्रममा चलचित्रको पहिलो मुहार (फष्ट लुक) समेत सेना प्रमुख कार्कीले सार्बजनिक गरेका थिए । कार्यक्रममा निर्देशक बब्बीले प्रेम, रोमान्स र दन्दको समिश्रणको रुपमा ‘सयपत्री’ निर्माण गर्न लागिएको जानकारी गराए ।त्यस्तै निर्माता सुनिल श्रेष्ठले स्कृप्ट, निर्देशक र कलाकारसँगै सम्पुर्ण फिल्म युनिटमा भरोषा रहेकोले नै ‘सयपत्री’मा लगानी गरेको बताए ।
यो सिनेमालाई सुनिल कुमार श्रेष्ठले निर्माण गर्न लागेका हुन्। फिल्मको छाँयाकन यही चैत्र २० गते देखि सुरु हुने निर्माता श्रेष्ठले फिल्मीबजारलाई बताए ।

%d bloggers like this: