Fri. Apr 26th, 2024
big-movie चलचित्र क्षेत्रकै प्रतिष्ठित अवार्डमध्येको एक एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कारको तेश्रो संस्करणमा सर्वाधिक ५ विधा, नेफ्टा अवार्डमा २ विधासंगै अन्य अवार्डका लागि थुप्रै विधामा मनोनित भएको बर्ष २०७१ को हिट चलचित्र ‘नोभेम्बर रेन’ युनिटले सोहि ब्यानरमा निर्माण गर्दै गरेको चलचित्र ‘क्लासिक’को शनिबारबाट छायांकन सुरु भएको छ | राजधानीको चोभार स्थित गणेशमन्दिरमा चलचित्र युनिटले पूजाआजा गर्दै चलचित्रको शुभमुर्हत सम्पन्न गरेको हो |
romi-ghimire
पहिलो दिन भगवान गणेश सत्संगसहित चलचित्रमा आर्यन सिग्देलको बाल्यकालको भूमिकामा अभिनय गर्दै गरेका नव बालकलाकार सुमित मानन्धर र नम्रता श्रेष्ठको बाल्यकालको भूमिकामा अभिनय गर्दै गरेकी बालकलाकार सेमिना कोईरालाको सट खिचिएको छ | गत बैशाख १५ गतेबाट छायांकनको तयारी गर्दागर्दै महाभूकम्पको मारमा परेको चलचित्र अन्तत: शनिबारबाट छायांकनमा गएको हो | देशको विषम राजनीतिक परिस्थितिसंगै भारतीय नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको अभावले छायांकनमा रहेका अन्य चलचित्र धमाधम रोकिएको अवस्थामा चलचित्र ‘क्लासिक’को छायांकन सुरु भएको छ |  RN-Sigdel-3
बिग ब्यानरको रुपमा परिचित सुवास इन्टरटेन्टमेन्टले आर्यन सिग्देल इन्टरटेन्टमेन्टसंगको सहकार्यमा निर्माण गर्दै गरेको चलचित्र ‘क्लासिक’ दोश्रो प्रोजेक्ट हो | अभिनयसंगै चलचित्र निर्माणमा समेत हात हालेका ब्यस्त अभिनेता आर्यन सिग्देलले लामो समयको प्रतिक्षा पश्च्यात चलचित्र ‘क्लासिक’ फ्लोरमा गएकोमा खुशी ब्यक्त गरे | उनले भने “बैशाखमै सुटिंगको तयारीमा रहदा भूकम्प गयो, भूकम्पले देशनै अस्थिर भएको अवास्थामा ‘क्लासिक’लाई अगाडी बढाउन सकिएन,आज त्यो प्रतिक्षाको घडी आएको छ |” यसो त आर्यन बैशाख पछाडी अन्य केहि चलचित्रमा ब्यस्त भएतापनि आफ्नै होम ब्यानर ‘नोभेम्बर रेन’को सफलताले सोहि ब्यानरमा क्लासिक निर्माण हुदै गर्दा उनमा उत्सुकता बढेको हो |rn-sigdel-2
‘मेरो एउटा साथी छ’ मार्फत दर्शकको मनमनमा बस्न सफल आर्यन सिग्देल र नम्रता श्रेष्ठको जोडी ‘नोभेम्बर रेन’ पश्च्यात सबैभन्दा उत्कृष्ट सिने जोडीको रुपमा स्थापित छन् | ‘आइ एम सरी’ र ‘नोभेम्बर रेन’ जस्ता ब्यबसायिक सफल चलचित्र दर्शकलाई पस्किसकेका निर्देशक दिनेश राउतको निर्देशनमा निर्माण हुदै गरेको म्युजिकल लवस्टोरी बेश चलचित्रमा ‘नोभेम्बर रेन’ जोडी पुन: दोहोरिदै छ | दर्शकको मनमुटुमा बसीसकेको एकमात्र हिट सिनेजोडी आर्यन-नम्रता ‘क्लासिक’मा दोहोरिनु चलचित्रको कथाभित्रको चरित्र माग भएको निर्देशक राउतले बताए | ‘क्लासिक’ कस्तो चलचित्र हो भन्ने हाम्रो प्रश्नमा उनले भने ‘चलचित्र सांगीतिक प्रेमकथामा आधारित छ, दृष्टिबिहिन पात्रको सांगीतिक लगाब, उसको जीवनका उतारचाडब, मायाँप्रेम, त्याग आदि इत्यादीलाई चलचित्रले पर्दार्पण गर्ने छ |’
RN-Sigdel
चर्चित ब्यबसायी सुवास गिरीको लगानीमा कमल गिरीको निर्माण सहयोग रहने चलचित्रमा आर्यन सिग्देल(समय) र नम्रता श्रेष्ठ(दृष्टी)को भूमिकामा रहेका छन् । चलचित्रमा समुना केसी, रोमी घिमिरे, प्रज्वल गिरी, सुशिल काफ्ले, सुनिल रावल, शिशिर राना, सकुन्तला थापा, नमित चन्द, बिश्व बस्नेत लगायतका कलाकारको मुख्य अभिनय रहने छ | यसअघि ‘नोभेम्बर रेन’मा उत्कृष्ट संगीत भरेका ताराप्रकाश लिम्बुकै संगीत रहेको यस चलचित्रमा निकैनै कर्णप्रिय संगीत रहेको संगीतकार लिम्बुकोभनाई छ | डाक्टर कृष्णहरी बराल, दिनेश राउत र दयाराम पाण्डेको शब्द रहेका गीतमा कोशिस छेत्री,यूवराज चौलागाई र मेलिना राईको आवाज सुन्न पाइने छ |पब्लिसिटी डिजाइनर शान थापाको सह-निर्देशनमा, एसोसियट निर्देशक विकास सुवेदी र मुख्य-सहायक निर्देशक दिनेश रावत रहने चलचित्रमा हिमाल केसीको द्वन्द, रेनाशा राईको नृत्य निर्देशन, सुरेन्द्र पौडेलको सम्पादन, छेतन गुरुङको लेखन तथा राजेश श्रेष्ठको छायांकन रहनेछ । जीवन भट्टराई लाइन प्रोड्युसर, सुर्य बुढाथोकी प्रोडक्सन म्यानेजर, आशिष पौडेलको कस्टुम डिजाईनसहित अतुल मैनाली ब्राण्ड म्यानेजर रहेको चलचित्र आउदो प्रणय दिवस अर्थात भ्यालेन्टाइन डेको दिनबाट प्रदर्शन गर्ने चलचित्र युनिटले जनाएको छ |
%d bloggers like this: