Tue. May 7th, 2024

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजले प्रदान गर्ने ‘इनास अवार्ड’को मनोनयन सार्वजनिक भएको छ । अन्तराष्ट्रिय नेपाली कलाकार समाजले गत तीन वर्षदेखि वितरण गर्दै आएको अवार्डको उत्कृष्ट तीन मनोनयन सार्वजनिक कार्यक्रममा मनोनितहरुलाई प्रमाणपत्र प्रदान गरिएको छ । नेपाल प्राविधिक संघ “नेफ्टा”ले कतारमा गरेको अवार्डमा आयोजकले जुरी निर्णयमा चलखेल गरेको आरोप लागिरहेका बेला राजधानीमा अर्को अवार्डको मनोनयन सार्वजनिक भएको हो।
प्रकाश सुवेदी जुरी संयोजक रहेको निर्णायक टोलीले १४ विधामा उत्कृष्ट तीनको नाम सार्वजनिक गरेको हो । जुरीमा लक्ष्मीनाथ शर्मा, शान्तिप्रिय, सुरेश inas-award-aaryanअधिकारी, सरिता लामिछाने सदस्य रहेका छन् ।आयोजकले बालकलाकार, द्वन्द्व,नृत्य निर्देशक,गायिका, गायक,गीतकार,गीतकार, संगीतकार,आलेख,सम्पादन,छायांकन, अभिनेत्री,अभिनेता,निर्देशक र चलचित्र गरी १४ विधाको मनोनयन सार्वजनिक गरेको हो ।inas-award-shilpa
सुचि
१. उत्कृष्ट चलचित्र
टलकजंग भर्सेज टुल्के
कबड्डी
नोभेम्वर रेन
२. उत्कृष्ट द्वन्द्व
चन्द्र पन्त “लज्जा”
अष्ट महर्जन “स्टुपिड मन”
एन।वि। महर्जन “छ एकान छ ”
३। उत्कृष्ट नृत्य निर्देशक
वसन्त श्रेष्ठ “कोहिनूर”
गम्भिर बिष्ट “टलकजंग भर्सेज टुल्के”
शंकर वि।सी। “वितेका पल”
४. उत्कृष्ट गायिका
अञ्जु पन्त “स्टुपिट मन”
प्रकृती गिरी “वितेका पल”
प्रविशा अधिकारी “नोभेम्वर रेन”
५. उत्कृष्ट गायक
प्रेम परियार “नाई नभन्नु ल २”
बाबु बोगटी “वितेका पल”
स्वरुपराज आचार्य “स्टुपिड मन”
६. उत्कृष्ट गीतकारस्
कृष्णहरी बराल “मर्ने कसैलाई रहर हुँदैन”
दिनेश राउत “तिमीलाई के भनु:
अर्जुन पोखरेल “यी आँखामा”
७. उत्कृष्ट संगीतकारस्
शम्भुजीत वास्कोटा  “कोहिनुर”
अर्जुन पोखरेल “स्टुपिड मन”
वसन्त सापकोटा “नाई न भन्नु ल 2 ”
८. उत्कृष्ट आलेखस्
रामबाबु गुरुङ, उपेन्द्र सुब्बा “कबड्डी”
विकास आचार्य “नाई न भन्नु ल २”
गजित, गम्भिर विष्ट “लव यू बाबा”
९. उत्कृष्ट सम्पादन
निमेश श्रेष्ठ “कबड्डी”
विपिन मल्ल “वितेका पल”
लोकेश बज्राचार्य “टलकजंग भर्सेज टुल्के”
१०. उत्कृष्ट छायाँकार
शैलेन्द्र डि कार्की “जेरी”
सञ्जय लामा “स्टुपिड मन”
पुरुषोत्तम प्रधान “कबड्डी”
११. उत्कृष्ट अभिनेत्री
केकी अधिकारी “वितेका पल”
नम्रता श्रेष्ठ “नोभेम्वर रेन”
शिल्पा पोखरेल ९लज्जा”
१२. उत्कृष्ट अभिनेता
अनमोल के. सी. “जेरी”
आर्यन सिग्देल “नोभेम्वर रेन”
दयाहाङ्ग राई “कबड्डी”
१३. उत्कृष्ट निर्देशक
निश्चल बस्नेत “टलकजंग भर्सेज टुल्के”
राम बाबु गुरुङ्ग “कबड्डी”
दिनेश राउत “नोभेम्वर रेन”
१४. उत्कृष्ट बाल कलाकार
संगम बिष्ट “लभ यू बाबा”
अनुभव रेग्मी “नाई नभन्नु ल२”
अमर लामा “श्री ५ अम्बरे”

%d bloggers like this: