Mon. Apr 29th, 2024

Miss-nepal-2015-winer-Ivana-Mananfhar-9यस बर्षको मिस नेपालको उपाधी इभाना मानन्धरले जितेकी छिन् । शनिबार काठमाडौंको एक पाँचतारे होटलमा भएको २० औं मिस नेपाल प्रतियोगितामा १८ प्रतिस्पर्धीलाई उछिन्दै काठमाडौं भोटेवहालकी ईभानाले उपाधी चुमेकी हुन् । उपाधीसंगै इभानाले आगामी असोजमा हुने ६५ औं मिस वल्र्डको प्रतिनिधित्व गर्नेछिन् । निर्णायकको अन्तिम प्रश्न अबको १५ बर्षमा आफूलाई कस्तो अवस्थामा देख्नु हुनेछ भन्नेमा आफू ब्यक्तिगत रुपमा र पेशागत दुबैका माध्यमले बिकासमा लाग्नेछु भन्ने जवाफ इभानले दिएकी थिइन् । इभाना अमेरिकामा मार्केटिङ बिषयमा स्नातक गरिरहेकी बिद्यार्थी हुन् । उपाधीसंगै उनले एक लाख रुपैयाँ नगद प्राप्त गरेकी थिइन् । प्रतियोगितामा दिव्यता बैद्य फस्ट रनर अप भइन् भने सेकेण्ड रनर अप मेधा कोइराला भइन् ।

%d bloggers like this: