Fri. Mar 29th, 2024
हरेक साँझ शुक्रबार प्रसारण हुने हाँस्य टेलिश्रृखंला भद्रगोल अर्को हप्ता शुक्रबार अर्थात ११ गतेदेखि पुनः प्रसारणमा आउने भएको छ । सञ्चालनमा आएको छोटो अवधिमानै दर्शकहरुको मन जित्न सफल हाँस्य टेलिश्रृखंला भद्रगोल आउँदो ११ गतेदेखि नियमित प्रशारण हुने वल्ड भिजन एड्भर्टाइजिङले जानकारी दिएको छ । यो श्रृखंलाको प्रायोजन र विज्ञापन जुटाउँदै आएको वल्ड भिजन एड्भर्टाइजिङले सिद्धार्थ बैङ्कमा विभिन्न टेलिभिजन कार्यक्रमका लागि राखेको पाँच करोड ८६ लाख बराबरको धितो रकम नक्कली सावित भएपछि यो कार्यक्रमको प्रसारण बन्द भएको थियो । यसै प्रकरणका कारण वल्ड भिजनका मालिक दिनेश श्रेष्ठ हनुमान ढोकामा थुनामा छन्।
bhadragolयसै काण्ड संलग्न भएको देखिएकाले नेपाल टेलिभिजन व्यापार महाशाखा प्रवन्धक पवन माण्डव्य र आर्थिक महाशाखा प्रमुख राजन श्रेष्ठ नेपाल टेलिभिजनबाट पन्ध्र दिनका लागि निलम्बन समेत भएका थिए । महाशाखा प्रवन्धक र आर्थिक महाशाखा प्रमुखको मिलेमतोमा वल्ड भिजनको हिसाब किताब टेलिभिजनसँग समयमै फर्स्यौट हुन सकेको छैन। गत साउनमा नेपाल टेलिभिजनबाट प्रशारण हुने चार वटै हाँस्य व्यङ्ग्य कार्यक्रमको ठेक्का आफ्नो भागमा पारेको वल्ड भिजनले पछि कम रकम पर्ने जिरे खुर्सानी र भद्रगोल आफूसँग राखेर ‘तितो सत्य’ र ‘मेरी बास्सै’ मिडिया हबलाई बेचेको थियो। ‘भद्रगोल’सगैं एकसाथ ‘जिरे खुर्सानी’ पनि रोकिएको थियो अब ‘जिरे खुर्सानी’को पनि नियमित प्रशारण हुनेछ । नेपाल टेलिभिजनमा लामो समयदेखि प्रशारण हुँदै आएको छ भने ‘भद्रगोल’ पछिल्लो समय चर्चामा रहेको छ।
%d bloggers like this: