Mon. May 6th, 2024

चर्चित गायक स्वरुपराज आचार्यको आवाजमा रहेको ‘यो जन्ममा’ बोलको भिडियो सार्वजनिक भएको छ । बालक गुरुङको शब्द र संगीत रहेको गीतमा आमोस तामाङको संगीत संयोजन रहेको छ । पञ्चम म्यूजिक प्रा.ली.ले उत्पादन तथा वितरण गरेको यस म्यूजिक भिडियोमा ममता  थापा,नारायण र दिपेश कार्कीले अभिनय गरेका छन् । यस भिडियोमा अभिनय गरेकी ममता थापा नेपाली क्रिकेट खेलाडी समेत हुन् । पहिलो पटक ममताले यस भिडियोबाट अभिनयमा हात हालेकी हुन् ।  dipesh

बिरेन्द्र भट्टको छायांकन रहेको भिडियोलाई रोजल थापाले निर्देशन गरेका हुन् । निर्देशक रोजलले पछिल्लो समय सफल म्यूजिक भिडियो निर्देशन गरिसकेका छन् । ‘यो जन्ममा’ बोलको भिडियोलाई सुरेश कुमार राउतले सम्पादन गरेका हुन् । भिडियोमा ममता र नारायणबिचको प्रेमलाई देखाइएको छ । गीतको बोल मर्मस्पर्शी भएका कारण दर्शकहरुले सार्वजनिक यो जन्ममा बोलको भिडियोलाई पनि अत्याधिक मनपराउने गीतकार तथा संगीतकार बालक गुरुङले जानकारी दिए ।

%d bloggers like this: