Fri. May 3rd, 2024

hainaस्थापित म्युजिक भिडियो निर्देशक प्रसन्न पौडेलले यो पटक फिल्मी शैलीमा डायलग बोल्न लगाएर एउटा रोचक म्यूजिक भिडियो निर्माण गरेका छन् । जहाँ चार मोडेल बिमलेस अधिकारी, विम्व अधिकारी, शुरभी जैन, श्रीया कार्कीले मोडलिङ गरेका छन् । ‘हैन भन्देउ न’ बोलको गीतमा गायक समिर आचार्यको साथमा निक्की कार्कीले आवाज दिएकी छिन् ।  प्रस्तुत गीतमा शब्द आनन्द अधिकारीको छ भने संगीत शिखर सन्तोषले दिएका छन् । भिडियोमा नेपाल र अष्ट्रेलियामा क्यामेरा कैद गरिएका रोमाञ्चक दृश्यहरु समावेश छन् । गायक आचार्य अष्ट्रेलियामा नै बस्दै आएका छन् । अष्ट्रेलियामा बसेपनि आफूलाई नेपाली गीतसंगीतको माया धेरै लाग्ने भएकाले समय समयमा एल्बम बजारमा ल्याउने गरेको समिरले बताए । भिडियोलाई विदुर पाण्डेले खिचेका हुन् ।

%d bloggers like this: