Sat. May 4th, 2024

chanke
नेपालमा प्रदर्शन नहुँदै चलचित्र ‘चंखे शंखे पंखे’को प्रिमियर बहराइनमा हुने भएको छ । शुक्रबार हुने प्रिमियर शो का लागि हिरोइन पूजा शर्मा र प्रोड्यूसर सन्तोष सेनका साथ निर्देशक सुर्दशन थापा बहराइन उडेका छन् ।  चलचित्रमा सुवास थापा र प्रेम पुरीको पनि मुख्य भूमिका छ । वुधबार चलचित्रलाई सेन्सर बोर्डले ‘पीजी’ सर्टिफिकेट दिएको थियो । चलचित्रलाई सेन्सरका कर्मचारीले हेरेपछि आफूहरु झनै उत्साहित बनेको निर्माता सन्तोष सेनले बताएका छन् । आउँदो जेठ १ देखि देशब्यापी चल्ने चंखेलाई बर्ष २०७१ मा निर्माण भएका नेपाली फिल्महरुको लिष्टमा सबैभन्दा महंगो फिल्मको रुपमा चित्रण गरिएको छ । फिल्ममा कमेडीका साथै राष्ट्रियताको कथालाई रोचक ढंगमा उठान गर्न कुनै कन्जुसाई नगरेको निर्देशक थापाले दावी गरेका छन् । चलचित्रमा सुवास थापा र प्रेम पुरीको पनि मुख्य भूमिका छ ।

%d bloggers like this: