Sat. Apr 20th, 2024

ranbeerभारतीय नेशनल अर्वाडकी विजेता कंगना रनोटले बलिउड अभिनेता रणवीर कपूरसँग एकसाथ चलचित्रमा काम गर्न निकै मन लागेको बताएकी छिन् । एक अन्तरर्वार्ताको क्रममा उनले आफुलाई रणवीर कपूरसँग एकसाथ चलचित्र खेल्न मन लागेको बताएकी हुन् । उनले भनेकी छिन् -‘मलाई रणवीरको काम निकै मन पर्छ र उसको अभिनय पनि,त्यसैले एकपटक रणवीरसँग काम गर्न निकै मन लागेको छ ।’ चलचित्र क्विन हेरेपछि रणवीरले कंगनाको निकै खुलेर तारिफ गरेका थिए । त्यसैले पनि कंगना रणवीरसँग काम गर्न चाहान्छिन् । तपाईहरुलाई एउटा कुरा याद रहोस् कि चलचित्र क्विन हेरेपछि पहिलो पटक रणवीरले कंगनाको तारिफ गरेका थिए । कंगनाले अगाडी भनिन् -‘रणवीरले म सँग काम गर्न चाहे भने मलाई त्यो जस्तो सम्मान अरु केहि पनि हुदैंन ।’ भारतीय सञ्चारमाध्यमहरुले बताए अनुसार कंगनाले रणवीरसँग चलचित्र खेल्ने मौका पाए जस्तो पनि चलचित्र खेल्न तयार रहेको बताएका छन् । हाल कंगना आफ्नो नयाँ चलचित्र तनु वेड्स मनु रिटर्न्‍सको प्रमोशनमा व्यस्त छिन् भने रणवीर चाडैं निर्देशक अनुराग कश्यपको चलचित्र बाम्बे वेलवेटमा देखिदैंछन् ।

%d bloggers like this: