Mon. Apr 29th, 2024

बैसाख ११ बाट पुनः रिलिजको तयारीमा रहेको चलचित्र ‘झोला’को नयाँ ट्रेलर सार्वजनिक भएको छ । बर्ष २०७० को हिट चलचित्र ‘झोला’को युट्युवमा सार्वजनिक १ मिनेट १५ सेकेण्ड लामो ट्रेलरमा चलचित्रमा समावेश केहि दृश्य तथा छायाँकनको दौरानका केहि दृश्यहरु समावेश छन् । ‘सार्क फिल्म फेस्टिभल-२०१४’मा उत्कृष्ट नायिकाको अवार्ड पाएको यादव कुमार भट्टराई निर्देशित यो चलचित्र दर्शकको अत्याधिक मागपछी पुनः रिलिज गर्न लागेको निर्माण टिमले बताएको छ ।

jhola-poster

साहित्यकार कृष्ण धाराबासीको ऐतिहासिक कृतिमा आधारित चलचित्र ‘झोला’ले सय बर्ष पुरानो नेपाली समाजको सति प्रथाको कथा बोल्छ । चलचित्रमा नायिका गरिमा पन्त सतिको भुमिकामा छिन भने दिपक क्षेत्री, सुजल नेपाल, लक्ष्मी गिरी, देशभक्त खनाल लगायतको अभिनय छ । उत्तमकुमार श्रेष्ठको प्रस्तुतीमा तयार चलचित्रमा मालती शाह, राज तिमल्सिना, रामगोपाल थापा र सुशिल शाहको लगानी छ । चलचित्रलाई पुनः रिलिजमा बितरणका साथ एफडी कम्पनिले दिएको छ ।

%d bloggers like this: