Fri. Mar 29th, 2024

बिग ब्यानरको रुपमा परिचित सुवास इन्टरटेन्टमेन्टले आर्यन सिग्देल इन्टरटेन्टमेन्टसंगको सहकार्यमा चलचित्र क्लासिकको औपचारिक निर्माण घोषणा गरिएको छ । सोमबार काठमाडौंको विजुलीबजारमा रहेको हुकुम पाटी प्यालेमा एक कार्यक्रमको आयोजना गरि चलचित्र क्लासिकको निर्माण घोषणा गरेको हो । चलचित्रको यस अघिनै म्युजिक इन्सर्ट कार्य सम्पन्न भइसकेको छ ।  ‘नोभेम्बर रेन’को सफलता पश्च्यात सोहि यूनिटले निर्माण गर्न लागेको चलचित्र क्लासिकमा  ‘नोभेम्बर रेन’मा नै अभिनय गरेका नायक आर्यन सिग्देल र नायिका नम्रता श्रेष्ठको मुख्य भुमिका रहनेछ । म्युजिकल लवस्टोरीकथामा आधारित भएर निर्माण हुने यस चलचित्रलाई दिनेश राउतले निर्देशन गर्ने छन् ।
aaryan
सुवास गिरी र कमल गिरीको लगानी रहने यस चलचित्रमा आर्यन र नम्रतासगैं समुना केसी,प्रज्वलसुजल गिरी,सुशिल काफ्ले,सुनिल रावल,पाउल शाह लगायतका कलाकारहरुको अभिनय रहने छ । ‘आइ एम सरी’ र ‘नोभेम्बर रेन’ जस्ता ब्यबसायिक सफल चलचित्र दर्शकलाई पस्किसकेका निर्देशक दिनेश राउतको निर्देशनमा बन्न लागेको पूर्णतया म्युजिकल लभस्टोरी बेसको चलचित्र ‘क्लासिक’मा छेतन गुरुङको लेखन रहेको छ । काठमाडौं र पोखरा लगायतका स्थानमा छायांकन हुने यस चलचित्रमा ताराप्रकाश लिम्बुको संगीत,राजेश श्रेष्ठको छायाँकन  रहनेछ । उक्त कार्यक्रममा सुवास इन्टरटेनमेन्टले आफ्नो पाँचौं बार्षिक उत्सवको अवसरमा राहात रकम पनि प्रदान गरेको थियो । कार्यक्रममा कमला बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख जीवन आचार्यलाई १ लाखको चेक,रोजगारीका लागी मलेशिला गएको बखत मृत्यु भएका धनकुमार आङदम्बे र सत्यनारायण गेलालको परिवारलाई जनही १ लाख ५० हजारको चेक प्रदान गरिएको थियो ।

%d bloggers like this: