Fri. May 3rd, 2024

सायद र होस्टेल जस्तो सफल चलचित्र निर्माण गरेका निर्माता सुनिल रावलको लगानीमा निर्माण भएको होस्टेल चलचित्रको सिक्वेल होस्टेल रिटन्र्सको नयाँ गीत रिलिज भएको छ । नयाँ बर्ष ०७२ सालको उपलक्ष्यमा समपुर्ण दर्शकहरुलाई शुभकामना दिदैं ‘बाबु तँ बन्नु कर्णधार… बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा स्वप्निल शर्माको शब्द, संगीत र स्वर रहेको छ । र्‍याप पप शैलीमा रहेको सार्वजनिक गीत यूवावर्गलाई लक्षित गर्दै सार्वजनिक गरिएको निर्माता रावलले जानकारी दिए ।

hostel returns

सुरज भुसाल निर्देशित चलचित्रले छात्रावासको जीवनशैलीलाई पुनः एकपटक भन्ने छ। चलचित्रमा सुशील श्रेष्ठ, नाजिर हुसेन, सुशील सिटौला, अभय बराल, शशि श्रेष्ठ, स्वस्तिमा खड्का, सुदाम सिके, प्रदीपकुमार चौधरी, रोयदीप श्रेष्ठ, इभम जोशी, निर्मल शर्मा, दिया मास्के र निर्माता रावलको समेत अभिनय रहेको बताइएको छ। चलचित्रको संगीत स्वप्नील आचार्यको रहेको छ भने हरि हुमागाइर्ंको छायांकन देख्न पाइनेछ। अष्ट महर्जनको एक्सन, गोविन्द राईको नृत्य निर्देशन तथा निर्देशक सुरज र सन्तोष लम्सालको संयुक्त पटकथा छ।

%d bloggers like this: