Sat. Apr 27th, 2024

आगामी ११ जेठ देखि १३ जेठसम्म राजधानी स्थित रशियन कल्चरल सेन्टरमा ‘पाँचौ नेपाल अफ्रिका चलचित्र महोत्सब २०१५’ आयोजना हुने भएको छ । यो महोत्सवको आयोजना ‘कलेज अफ जर्नालिज्म एन्ड मास कम्यूनिकेशन’ ले गर्न लागेको हो । उक्त महोत्सबमा नेपाली फिल्म ‘मसान’ र ‘रंग बैजनी’ छानिएका छन् । बिगत पाँच वर्ष देखि नेपाल अफ्रिका चलचित्र महोत्सब आयोजना गर्दै आएको छ । यो महोत्सवमा अफ्रिकाका विभिन्न २० वटा मुलुकका ५० वटा चलचित्र सहभागी छन् । जसबाट ८ वटा चलचित्र मात्र चलचित्र महोत्सवमा प्रदर्शन गरिनेछ ।

ranga

गोपाल प्रसाद रिमालको नाटक ‘मसान’मा आधारित भएर निर्माण भएको चलचित्र मसानलाई निर शाहले निर्देशन र निर्माण गरेका हुन भने  ‘रंग बैजनी’लाई शम्भु प्रधानले निर्देशन गरेका हुन् ।   ‘रंग बैजनी’ र  ‘मसान’ सगैं अरु केहि नेपाली चलचित्र पनि उक्त महोत्सवमा प्रदर्शन हुनेछन । चलचित्र मसानमा राजबल्लभ कोईराला, केकी अधिकारी, निता ढुँगानाको मुख्य भुमिका रहेको छ भने  ‘रंग बैजनी’मा  गरिमा पन्त, दिक्पाल कार्की, सुमिना घिमिरेले अभिनय गरेका छन् । दुवै चलचित्र नारी प्रधान भएका कारण महोत्सवमा प्रदर्शन गरिन लागेको आयोजक सस्थाले बताएको छ ।

%d bloggers like this: