Thu. Mar 28th, 2024

नेपालमा उत्कृष्ट व्यापार सगैं राम्रो प्रतिक्रिया बटुलेको कमेडी चलचित्र  ‘बिर्खेलाई चिन्छस्’ अब विदेशका विभिन्न ठाँउहरुमा पनि प्रदर्शन हुने भएको छ । अप्रिल १० तारिकमा दोहा, कतारमा प्रदर्शन हुने यस चलचित्र १८ र १९ तारिकमा भने सिड्नीमा प्रदर्शन हुने कलाकार एवं यस चलचित्रका निर्माता सुवास थापाले जानकारी दिए ।

subesh

यससगैं चलचित्रको विषेश प्रदर्शन विदेशका अन्य ठाँउहरुमा पनि हुने निर्माता थापाले जानकारी दिए । चलचित्रको प्रदर्शनका लागी हाल सुवास थापा र उनकी श्रीमती तथा चलचित्रकी नायिका विनिता थापा दोहा,कतारमा रहेका छन् । चर्चित र्‍यापर अराज केशवले निर्देशन गरेको पहिलो चलचित्रमा नायक सुवास थापा स्वयंको लगानी छ।

subesh 3

चलचित्रमा नायिका बिनिता खड्का र र्‍याम्प मोडल आयुषा राईका साथै शिशिर भण्डारी, सुरेश उप्रेति, बालदीप राई, सुरवीर पण्डितलगायतले अभिनय गरेका छन्। जगदिश्वर थापाको कथा, पटकथा र संवाद रहेको सो चलचित्रमा मोहित मुनालको संगीत, निरज कँडेल र रामशरण उप्रेतिको छायाड्ढन, बनिश शाहको सम्पादन रहेको छ। सन्तोष लामा, मोहित मुनाल र प्राश्ना शाक्यले गीतमा स्वर दिएका छन्।

%d bloggers like this: