Fri. Apr 26th, 2024

चैत १३ गतेदेखी अलनेपाल प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘भूलभूलैया’को सोमबार साँझ काठमाडौंमा रहेको बिग सिनेमा हलमा प्रिमियर शोको आयोजना गरिएको छ । उक्त प्रिमियर शोमा चलचित्रक्षेत्रका विभिन्न संघ संस्थाका व्यक्तिहरु देखी चलचित्रका कलाकार,निर्माता निर्देशक,पत्रकार लगायतको भब्य उपस्थिति रहेको थियो । चलचित्र हेरेपछि प्रिमियरमा सहभागी व्यक्तिहरुले भूलभूलैयालाई उत्कृष्ट तारिफ गरेका थिए ।

neeta

चलचित्रमा नायिका निता ढुंगानाको अभिनयलाई सबैले निकै मनपराएका छन् । निर्देशक योगेश घिमिरेलाई पनि चलचित्रको निर्देशन तारिफ योग्य रहेको भन्दैं बधाई र शुभकामनाको ओहिरो लागेको थियो । जिवन लुइटेल ,निता ढुंगाना र शोहित मानन्धरको त्रिकोणात्मक प्रेमकथामा आधारित भएर निर्माण भएको यस चलचित्रलाई दिनेश कुमार प्रस्तुतिमा शुशिल कार्कि , मणिराज कार्कि र सुरेश गौतमको लगानी रहेको छ । यस चलचित्रका कार्यकारी निर्माता निरज ढकाल हुन् ।

%d bloggers like this: