Wed. May 8th, 2024

‘फुल भन्छ फुली रहु’,’ओराली लागेको,बर्षातमा उनी रुझ्दा’,’पहाडको छुकुछुके रेल’,’आसु देऊ या हाँसो’ जस्ता सयौं चर्चित गीतहरु नेपाली दर्शक,स्रोता सामु पस्किसकेका लोकप्रिय गायक रामकुष्ण ढकाल दक्षिण एशियाली संगीत पुरस्कारबाट सम्मानित भएका छन् । बंगलादेशको राजधानी ढाकामा आयोजित दोस्रो दक्षिण एसियाली संगीत महोत्सबमा उनलाई उक्त पुरस्कारबाट सम्मान गरिएको थियो । बंगलादेशका अन्तराष्ट्रिय मामिला सम्बन्धी सल्लाहकार डा.गोहर रिजिभीले उनलाई उक्त पुरस्कार प्रदान गरेका थिए ।

ramkrishna

सम्मान भएपछि उक्त कार्यक्रममा बोल्दैं गायक ढकालले भने नेपाली विद्यार्थीबाहेक अन्य विषयमा विरलै जानकारी राख्ने बंगलादेशीबाट पाएको अपार मायाबाट म ज्यादै प्रभावित भएँ,ढकालले भने,-नेपाली दूतावासले दिएको सम्मान पनि उत्तिकै गर्वलायक थियो । ढाकाको शाहबागमा रहेको शिषु एकेडमीमा आयोजित महोत्सबमा ढकालले ‘बिहान उठ्ने बित्तिकै’,’मन पराउने हजार भेटिन्छन्’,’बाँचुञ्जेलललाई’ र ‘ओराली लागेको’ गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा केही भारतीय र बंगलादेशी कलाकारको पनि उपस्थिती थियो । कार्यक्रममा विश्वविद्यालय पढ्दै गरेका नेपाली र गैर नेपाली विद्यार्थीको उपस्थिती थियो । कार्यक्रममा बंगलादेशी गायक फकिर अल्मागी, गान्धी इन्टिच्युट अफ वाराणसीका निर्देशक दीपक मलिक लगायत अन्य महत्वपूर्ण ब्यक्तिको उपस्थिती थियो ।

%d bloggers like this: