Fri. Apr 26th, 2024

neeta
प्रदर्शन मिति नजिकदैं गर्दा चलचित्र ‘भूल भुलैया’ को वियोगान्त गीत रिलिज भएको छ । नायिका नीताको पिडालाई मुख्य केन्द्रविन्दुमा राखेर सार्वजनिक गरिएको ‘माया गर्छौ थाहा छ मलाई’ बोलको गीतमा रजिना रिमालले स्वर दिएकी छिन् । गीतमा नायिका निता ढुङ्गाना, नायकद्धय जिवन लुईटेल र शोहित मानान्धर फिचरिङ छन् । योगेश घिमिरेको निर्देशन रहेको फिल्मलाई दिनेशकुमार पोखरेलले निर्माण गरेका हुन् । चलचित्रमा वसन्त सापकोटाको संगीत, कविराज गहतराजको नृत्य, बाबु श्रेष्ठको छायांकन छ । चलचित्र त्रिकोणात्मक प्रेकथामा आधारित रहेको छ । यो चलचित्र चैत १३ गते देशव्यापी प्रदर्शनमा आउन लागेको छ ।

%d bloggers like this: