Wed. Apr 24th, 2024

निर्देशन मनोज गुरुङले निर्माण गरेको नयाँ चलचित्र ‘थु'(साथी) नामक चलचित्र पुर्ण रुपमा तयार भएको छ । ६ महिना लाएर सकाएको फिल्म प्रदर्शनको तयारीमा रहेको निर्देशक गुरुङले बताए। ‘हामी देशबाहिर पनि एक साथ प्रदर्शन थाल्ने योजनामा छौ’ उनले भने। मित्रताको महत्त्व बुझाउने कथामा आधारित चलचित्रमा ग्रामीण जनजीवनलाई समेट्न खोजिएको उनको दावी छ। आफैंले लेखेको कथामा उनले निर्देशन मात्रै गरेका छैनन्, आफै अभिनय पनि गरेका छन्। प्राकृतिक र सांस्कृतिक सुन्दरता बोकेको घलेगाउँमा ‘च्ह्याल्याब ट’ अर्थात् ‘ओइलिएको फूल’ छायांकन गरेका मनोज गुरुङले आफैं भाषा अर्थात गुरुङ भाषामा ‘थु’ (साथी) तयार पारेका हुन् ।

sathi

मनोजले साथी र साथीत्वको महत्व देखाउन खोजेका छन् । मुक्तिमनोज फिल्मस् प्रालि पोखराको पहिलो प्रस्तुतिमा निर्माणाधित गुरुङ चलचित्र थु अर्थात साथीमा कथा लेखन तथा निर्देशन मनोज गुरुङको रहेको छ । लोकबहादुर गुरुङ निर्देशित यस चलचित्रमा थमन गुरुङ, खेम घले, निस्ता गुरुङ, तारा गुरुङ, भारती घले, लक्ष्मी गुरुङ, नुमा गुरुङ, सुकलाल गुरुङ, मुक्ति गुरुङ, कोषबहादुर गुरुङ लगायतको अभिनय रहेको छ । खिमबहादुर गुरुङले छायांकन र सम्पादन गरेको थुको पहिलो प्रदर्शन यूएईको होटल एभरेस्टमा र लमजुङको बेसीसहरमा हुने जनाइएको छ।

%d bloggers like this: