Mon. Apr 29th, 2024

लामो समयपछि चलचित्र निर्माण कार्यमा फर्किएका चर्चित हाँस्य कलाकार हरिबंश आचार्यले चलचित्रको नाम सार्वजनिक गरेका छन् । केहि दिन अगाडी मात्र चलचित्रको लागी उज्जवल घिमीरेलाई निर्देशकको रुपमा पक्का गरेका हरिबंशले चलचित्रको नाम भने ‘मिस्टर श्रीमान नेपाल’ राखेका छन् । तर चलचित्रको नाम सुहाउदो नभएको भन्दैं निर्देशक घिमिरले चलचित्रको नाम फर्न हरिबंश आचार्यलाई सल्लाह दिएका छन् अर्थात भनौं निर्देशक घिमिरेले उक्त शिर्षक बदलिदो समय सापेक्ष नरहेकोले सहमती नजनाएका हुन् ।

haribansha

निर्देशक घिमिरेले चलचित्रको नाममा सहमती नजनाएपछि चलचित्रको नाम परिवर्तन गरिने बताइएको छ । डिजिटल सिनेमा नेपाल (डिसिएन) संगको संहकार्यमा हरिबंशले निर्माण गर्न लागेको फिल्मको हाल स्क्रिप्ट लेखन कार्य धमाधम चलिरहेको छ । कमेडी र राजनीति कथालाई मुख्य केन्द्रविन्दु बनाएर निर्माण हुन लागेको चलचित्रको नयाँ बर्षसगैं छायांकन पनि सुरु हुने स्रोतले बताएको छ । खबरका अनुसार चलचित्र दशैंमा प्रदर्शन हुने छ ।

%d bloggers like this: