Tue. Apr 16th, 2024

चैत १३ गते देशव्यापी प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘भूल भुलैया’ले यूनिभर्सल प्रमाण पत्र पाएको छ । शुक्रबार सेन्सर बोर्डका सदस्यहरुले चलचित्र हेरेपछि ‘भूल भुलैया’ लाई यूनिभर्सल प्रमाण पत्र दिएका हुन् । चलचित्रलाई सेन्सर बोर्डका सदस्यहरुले निकै रुचाएको चलचित्रका निर्देशक योगेश घिमिरे जानकारी दिए । अब चलचित्रलाई सबै बर्गका दर्शकहरुले हेर्न पाउनेछन् । दिनेश कुमार पोख्रेलको प्रस्तुतीमा तयार भएको चलचित्रमा सुशिल कार्की, मणिराज कार्की, सुरेश गौतमको लगानी छ । चलचित्रका कार्यकारी निर्माता निरज ढकाल हुन् ।
bhulbhulaiya nepali movie
चलचित्रमा शिवम् अधिकारीको लेखन, बाबु श्रेष्ठको छायांकन रहेको यो चलचित्र चैत्र १३ गतेबाट प्रदर्शनमा आउँदैछ । चलचित्रलाई डीजिटल प्रविधीको भरपुर प्रयोग गरेर तयार पारिएको निर्देशक योगेश घिमिरेको भनाई छ । चलचित्रमा सोहित मानन्धर पनि मुख्य भूमिकामा छन् । चलचित्रमा जीवन लुइटेल,नीता ढुंगाना,शोहित मानन्धर लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ ।

%d bloggers like this: