Tue. May 21st, 2024

मधुकुमार श्रेष्ठ र वितरक केदार पराजुलीले सयूक्त रुपमा चलचित्र ‘स्काउट’ निर्माण गर्ने भएका छन् । शुक्रबार राजधानीमा चलचित्र ‘स्काउट’को शुभसाइत गरि चलचित्रको औपचारिक निर्माण घोषणा गरिएको छ । संचारमन्त्री मीनेन्द्र रिजालको प्रमुख आतिथ्यमा  ‘स्काउट’को शुभसाइत गरिएको थियो भने चलचित्रका कलाकारले संवाद बोलेर मुहुर्त सर्ट दिएका थिए । समाजमा स्काउटको भूमिका कस्तो हुन्छ र रहिआएको छ भन्ने कुरा यस चलचित्रले बोल्ने निर्माता मधुकुमार श्रेष्ठले जानकारी दिए ।

scaut-muhurta

चलचित्रलाई गोविन्द गौतमले निर्देशन गर्ने छन । चलचित्रमा गरिमा पन्त, कुशल थापा, नवराज श्रेष्ठ, मधु श्रेष्ठ , सुधा राउत लगायतको  अभिनय रहनेछ । चलचित्रको छायांकन चैत पहिलो सातादेखि सुरु हुने कार्यक्रममा जनाइएको थियो । कार्यक्रममा बोल्दैं सुचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले चलचित्र  ‘स्काउट’ले नेपाली समाजमा सकारात्मक सन्देश दिन सफल होस् भन्दैं शुभकामना व्यक्त गरेका थिए । त्यस्तैं कार्यक्रममा चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राई, एफडी कम्पनीका अध्यक्ष प्रदिप उदय लगायतले ‘स्काउट’ सफलताका लागि शुभकामना दिएका थिए ।

%d bloggers like this: