Fri. Apr 26th, 2024

संचालनको छोटो समयमै लोकप्रिय हुन सफल फिल्मीबजार डटकमले गौरबमय प्रथम बार्षिकोत्सबको अवसरमा सोमबार काठमाडौंमा एक कार्यक्रमका बिच नेपाली चलचित्रकर्मी एवम् रगं पत्रकारहरुलाई सम्मान गरेको छ । सुचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालको प्रमुख आतिथ्यतामा आज करिब आधा दर्जन भन्दा बढि कलाकार,निर्देशक र पत्रकारलाई सम्मान गरिएको थियो । उक्त सम्मानबाट फिल्म निर्देशक लक्ष्मीनाथ शर्मालाई लाइफटाइम एजिभमेन्ट अवार्ड प्रदान गरिएको थियो भने नेपालकी प्रथम नायिका भुवन चन्दलाई ‘अग्रज कलाकार सम्मान’ले सम्मानित गरियो थियो ।

timthumb

त्यस्तैं केहि दिनअगाडी मात्र गिनिज बुक अफ वल्ड रेकड्समा कान्छा फिल्म निर्देशकको किर्तिमान राखेका सौगात विष्टलाई ‘प्रोत्साहान सम्मान’ ,नायिका शिल्पा पोखरेललाई ‘नवप्रतिभा सम्मान’,नरेन्द्र महर्जनलाई ‘वितरक सम्मान’,छाँयाकार मन्जु कुमार श्रेष्ठलाई ‘प्राविधिक सम्मान’,चलचित्र पत्रकारितातर्फको ‘चलचित्र पत्रकारिता सम्मान’ बाट रजतपटका प्रकाश सुबेदी (टेलिभिजन तर्फ), कामना प्रकाशनका बिदुर गिरी (पत्रिका तर्फ) र फिल्मीखबर डट कमका सुमन गैरे (अनलाइन तर्फ) सम्मानित भएका थिए । कार्यक्रम आफुले सोचेको भन्दा पनि सब्य र भब्य रुपमा सम्पन्न भएको  ‘फिल्मी बजार डट कम’का अध्यक्ष श्याम सुन्दर गिरीले जानकारी दिए । आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरु आयोजना गरिने अध्यक्ष गिरीले बताए ।

%d bloggers like this: