Thu. Apr 25th, 2024

गएको शुक्रबारबाट मात्र प्रदर्शनमा आएको बलिउड फिल्म ‘बदलापुर’का मुख्य पात्र वरुण धवनको चर्चा परिचर्चा यति बेला व्यापक रुपमा चलिरहेको छ । बलिउड बक्सअफिसमा राम्रै व्यापार गरिरहेको ‘बदलापुर’मा काम गर्न भने वरुणलाई त्यति सहज भएन । बदलापुरमा बदलिएको चरित्रमा देखिएका वरुणले फिल्मको कारण ब्रेकअप समेत भोग्नु परेको खुलासा गरेका छन् । बरणले कोयल पुरीको शो काउचिंग विद कोयलमा यस्तो खुलासा गरेका हुन् ।

badalapur

फिल्मको सुटिङको क्रममा धेरैले आफूलाई छोडेको र त्यस मध्ये आफ्नी प्रेमिका समेत परेको बताएका छन् । बदलापुरमा बरुणको साथमा हुमा कुरैशी, नवाजुद्दिन सिद्धीकी, यमी गौतम लगायतले अभिनय गरेका छन् । ‘एक हसिना थी’ र ‘जानी गद्दार’ जस्ता फिल्म बनाईसकेका निर्देशक श्रीराम राघवनले बदलापुर निर्देशन गरेका हुन् । यो फिल्मले ट्रेलर सार्वजनिक भएदेखी नै चर्चा पाएको थियो । ट्रेलर हेरेरै दर्शकले राम्रो प्रतिक्रिया दिएका थिए ।

%d bloggers like this: