Fri. Apr 26th, 2024

पहिलो पटक आर्फी अफिसर्सको भूमिकामा देखिन लागेका नायक आर्यन सिग्देल अभिनित चलचित्र ‘पुनर्जन्म’ फागुन २२ गते देखी अलनेपाल रिलिज हुने भएको छ । यस बर्ष लज्जा र ‘नोभेम्बर रेन’ भन्दा अरु चलचित्रले खासै कमाल देखाउन नसकिरहेको अबस्थामा आर्यन चलचित्र ‘पुनर्जन्म’बाट भने पुर्ण आशामा देखिएका छन् । पहिलो पटक फरक भुमिकामा देखिएका कारण पनि चलचित्रलाई दर्शकले मनपराउने आर्यन बताउँछन् ।

punarjanma

एमके इन्टरटेन्मेन्टको ब्यानरमा बनेको यो चलचित्रमा आर्यन सिग्देल, गजित बिष्ट, केकी अधिकारी, सुस्मिता शाही, विजय लामा, मिथिला शर्मा, लक्ष्मी गिरी, रश्मी भट्ट लगायतका कलाकारको अभिनय छ । यो चलचित्रमा मोहनकृष्ण श्रेष्ठ र भद्र बहादुर शाहीले लगानी गरेका छन् । चलचित्रमा बसन्तसँगै जयन्त शर्माको संगीत, कविराज गहतराजको नृत्य, अष्ट महर्जनको द्वन्द्व, मिलन अमात्य, अन्जु पन्त, जितु श्रेष्ठको स्वर, शिव ढकाल र नवराज कृष्ण थापाको छायांकन छ । सजन श्रेष्ठले निर्देशन गरेको चलचित्रले नेपालको इतिहास बोल्ने बताइएको छ ।

%d bloggers like this: