Fri. Apr 19th, 2024

काठमाडौंमा बेला बेलामा भब्य सांगीतिक कार्यक्रम आयोजना गदैं आएको ग्रिष्मा इन्टरटेन्मेन्टले अब चलचित्र पनि निर्माण गर्ने भएको छ । आज राजधानीमा रहेको पाँचतारे होटल एभरेष्टमा चलचित्र ‘न्यू ईयर’को औपचारिक घोषणा गरिएको छ । चलचित्रलाई गृहेन्द्र घिमिरे र अष्ट्रेलियामा रहँदै आएका प्रताप खरेल र कर्णराज वंशीको लगानी गर्नेछन् । अष्ट्रेलिया र नेपालमा छायांकन हुने चलचित्र ‘न्यू ईयर’ मा नायिका वेनिशा हमाल र नायक अनुपविक्रम शाही मुख्य भूमिकामा देखिनेछन् भने अरु आधा दर्जन कलाकारहरु केहि दिनमा नै छनोट गर्ने निर्माण कम्पनीले जानकारी दिएको छ ।

यसअघि मोक्ष चलचित्र निर्देशन गरेर प्रशस्त तारिफ र अवार्ड हात पारेका प्रविण श्रेष्ठले चलचित्र ‘न्यू ईयर’ लाई निर्देशन गर्नेछन् । म्यूजिक भिडियो खिच्दै आएका ज्ञानेन्द्र शर्माको छायांकन रहने चलचित्रले हरेक क्रृतुसँगै परिवर्तन हुने नयाँ बर्षलाई प्रतिबिम्ब गर्ने निर्माता गृहेन्द्र घिमिरेले बताए ।

new year movie

चलचित्र निर्माण कम्पनी,कलाकार,निर्माता,निर्देशक तथा चलचित्रसँग सम्वन्धित विभिन्न संघसंस्थाका अध्यक्षहरुले बेलुन फुटाएर चलचित्रको पोष्टर सार्वजनिक गरेका थिए । कार्यक्रममा बोल्दै नायिका वेनिशा हमालले आफुलाई अब चलचित्र मोक्षपछिको सफलता चलचित्र न्यू ईयरले दिने दाबी गरिन । कथावुस्त आफुलाई निकै मन परेका करण चलचित्रमा आफ्नो भुमिका सशक्त रहेको पनि खुलाइन । त्य

स्तै निर्देशक प्रविण श्रेष्ठले मोक्ष चलचित्रबाट आफुले पाएको तारिफले चलचित्र न्यू ईयर निर्देशन गर्न अझ हौसला थप्ने बताउदैं चलचित्र न्यू ईयरलाई अहिलेसम्मकै उत्कृष्ट चलचित्र बनाउने दाबी गरे । त्यस्तै कलाकार अनुप विक्रम शाहीले चलचित्रको कथा र चरित्र आफुलाई उत्कृष्ट लागेका कारण न्यू ईयरले आफ्नो करियरलाई अझ माथि उठाउन मद्त गर्ने बताउदैं राम्रो र सफल टिमसँग काम गर्ने अबसर पाएकोमा खुसी व्यक्त गरे । चलचित्र न्यू ईयरको छायांकन फागुनको पहिलो साताबाट सुरु हुने बताइएको छ ।

%d bloggers like this: