Mon. Apr 29th, 2024

पछिल्ला समयमा चलचित्रका नाम पनि दर्शकले सम्झन लायकका बन्न छोडिसकेका छन् । दर्शकले सजिलै भन्न सक्ने नाम अहिले कुनै पनि चलचित्रका भेटिदैनन् । चलचित्र सिनेमा हलमा हेरेपछि घरसम्म पुग्दा दर्शकले नै चलचित्रको नाम विसर्ने खाल्का चलचित्र बन्न थालेको बेला त्यस्तै एक चलचित्र ‘उधूम’ अब यहि पौष १८ गतेबाट देशभर प्रदर्शनमा आउने बताइएको छ । हिरो बन्न गरिने संघर्षको कथा बोलेको चलचित्र ‘उधूम’ पौष १८ गते देशभर ल्याउने तयारी भईरहेको चलचित्रका निर्माता तथा प्रस्तुतकर्ता कृष्णश्री काफ्लेले जानकारी दिए । सिनेमामा पुर्णतः मोफसलका दृश्यहरु समावेश छन् । काठमाडौं मात्र होईन मोफसलमा पनि सिनेमामा समेटिने सुन्दर ठाउँहरु छन, भन्ने कुर चिनाउन सिनेमा पुर्णतः बाहिरी जिल्लामा नै खीचिएको निर्माता काफ्ले बताउँछन् ।

udhoom-cinema-calender-harekpal

सिनेमामा अधिकांश दृश्य पश्चिम नेपालको गुल्मीमा खिचिएको छ भने केहि दृश्य बुटवलका पनि समावेश छन् । सिनेमाको कथा तथा निर्देशन गिरिश रिजालको छ । ‘उधूम’मा तिलक केसी, अपस्ना थापा, कमल खनाल, रेश्मा सुनार, ईन्द्रलाल खड्गी, कांसिना पन्थी लगायतका कलाकारहरुको अभिनय छ । बिबेक थापाको नृत्य रहेको सिनेमामा संगीत कैलाश गुरुङको भने एक्शन गोपाल परियारको छ । सिनेमामालाई हरि न्यौपाने र बिनोद चौधरीले खिचेका हुन् ।

%d bloggers like this: