Thu. Mar 28th, 2024

नेपाली चलचित्रका महानायक राजेश हमालले ७ बर्षसम्म प्रेमसम्बन्धमा रहि केहि महिना अगाडी मात्र बैबाहिक जीवनमा बाधिएका थिए । प्राय सधै ठट्टा गर्न निक्कै सिपालु राजेश हमालले हिजो एक कार्यक्रममा पनि त्यस्तै एक ठट्टाले कार्यक्रम स्थल नै निकै रमाईलो बनाए । सोमबार साँझ अभिनेत्री नम्रता श्रेष्ठको फिल्म, म्यूजिक भिडियो प्रोडक्शन गर्ने कम्पनीको सुभसाइत समारोहमा भेटिएका हमालले पत्रकारले सोधेको तपाई प्रोडक्शन गर्न तर्फ कहिले लाग्नुहुन्छ त भनेर सोधेको प्रश्नमा हमालले ठट्टा गर्दै भने -‘मेरो प्रोडक्शन चालु छ ।’ जब हमालले यस्तो उत्तर दिए त्यसपछि उक्त कार्यक्रममा हाँसोमा परिणत भयो । हमालले भनेका थिए ‘विवाहित मान्छु हुँ । प्रोडक्शन त भैहाल्छ नि । मेरो प्रोडक्शन चालु छ ।’ कार्यक्रममा पत्रकारहरुको प्रश्नको जबाफ दिदैं राजेश हमालले भन्दै थिए ‘हामीले बिहे हुनुभन्दा अगाडी नै र्शत राखेका थियो त्यसैले अहिले हामीलाई कुनै पनि अफठ्यारो भएको छैन ।’

rajesh-hamal

अहिले त हामी बच्चा छौं हमालले भने । नायिका नम्रता श्रेष्ठले निर्माण गरेको चलचित्रको टिजर सार्वजनिक कार्यक्रममा हमालले यस्तो कुरा गरेका हुन् । फिल्म निर्मात्री समेत बनेकी नम्रताले काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म कम्पनी र नयाँ फिल्मको टिजर सार्वजनिक गरिन् । सूचना तथा संचारमन्त्री मिनेन्द्र रिजाल प्रमुख अतिथी रहेको कार्यक्रममा नम्रताको फिल्म, म्यूजिक भिडियो तथा अन्य विभिन्न काम गर्ने प्रोडक्शन कम्पनी हाइली हिल इन्टरटेन्मेन्टको घोषणा गरिएको हो । कार्यक्रममा हाइली हिल इन्टरटेन्मेन्ट कम्पनीले निर्माण गरेको फिल्म सोल सिस्टरको पनि टिजर सार्वजनिक गरिएको थियो । फिल्मको लेखन तथा निर्देशन प्रशान्त रसाइलीले गरेका हुन् । फिल्ममा नम्रता श्रेष्ठ, दीपक शर्मा, शकुन्तला बैद्य, राजेश हमाल र रविना देसराजको मुख्य भूमिका छ ।

%d bloggers like this: