Fri. Apr 26th, 2024

मुम्बई, २० फागुन (एजेन्सी) । जतिखेर नेपालमा संविधानसभा चुनावको माहोल तात्दै थियो, त्यतिबेला नेपाली कलाकारलाई पनि राजनीति लागेको थियो । अहिले बलिउड कलाकारलाई राजनीति लागेको छ । यतिखेर भारतमा लोकसभा चुनावको माहोल छ । राजनीति दलका नेताहरु आफ्नो पाटीमा बलिउड कलाकारलाई भित्राइरहेका छन् ।
भारतको लोकसभा चुनावमा अभिनेत्री प्रीति जिन्टाको नाम बढी चर्चामा छ । प्रीति भारतीय जनता पार्टीको तर्फबाट लोकसभा चुनावमा उम्मेदवार हुँदैछिन् भन्ने चर्चाले भारतको राजनीतिबृत्तसम्म फैलिएको छ । समाचारमा जनाइअनुसार आगामी लोकसभा चुनावमा प्रीति प्रिया दत्तसँग चुनावी मैदानमा स्पर्धा गदैछिन् । भाजपाले उत्तर–मध्य मुम्बईको सीटका लागि सञ्जय दत्तकी संसद बहिनी प्रिया दत्तविरुद्ध प्रीतिलाई चुनावी मैदानमा उतार्न चाहेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।
भारतको एक अंग्रेजी दैनिकका अनुसार उक्त सीटमा भाजपाले प्रिया दत्तविरुद्ध कुनै पनि सेलिब्रेटीलाई उठाउन चाहेको छ । पार्टीका महासचिव राजीव प्रताप रुडीले यसका लागि प्रीतिसँग पटक–पटक कुरा गरिसकेको बताइन्छ । प्रीतिको रुडी एक नजिकका साथी पनि हुन् । त्यसैले भाजपा महासचिव रुडीले प्रीतिसँग पहिलो प्रस्ताव राखेको हुनसक्ने अड्कलन गरिएको छ । यसअघि पनि रुडीले प्रीतिलाई नै प्रस्ताव राखेका थिए तर त्यतिखेर प्रीतिले कुनै चासो देखाइनन् ।
यसपटक पनि प्रीतिले आफू चुनाव लड्ने विषयमा केही बताएकी छैनन् तर उनी प्रियाविरुद्ध चुनावी मैदान आए अनौठो नहुने बताइन्छ । प्रीतिले अप्रत्यक्ष रुपमा राजनीतिमा आउने इच्छा देखाइसकेकी छन् । गत वर्ष प्रीति आम आदमी पार्टीमा प्रवेश गर्ने चर्चा थियो तर त्यो चर्चामै सिमित रह¥यो ।

%d bloggers like this: