Tue. Apr 16th, 2024

बाबु सुरेश डि सि ,काठमाडौं , फागुन २०,  अहिले चर्चामा रहेको फिल्म ‘ऋतु’ लाई फिल्म जाँचपास समितीले सबै वर्गका दर्शकले हेर्न पाउने गरी ‘युनिभर्सल सर्टिफिकेट’ प्रदान गरेको छ । यहि शुक्रबार अर्थात् फागुन २३ बाट प्रदर्शन मा आउने फिल्म ‘ऋतु’ नेपाल मा मात्र न भै अस्ट्रेलियामा समेत प्रदर्शन हुदैछ। फिल्मका सबै दृश्य सभ्य र राम्रो भएको भन्दै बोर्डले ‘यू’ प्रमाणपत्र दिएको निर्माण पक्ष ले जानकारी गरायो । त्रिकोणात्मक प्रेम कथामा आधारित यो फिल्मले अहिले प्रचार प्रसारमा निकै ध्यान दिदै लागि परेको छ।  आगामी बिहीबार अष्ट्रेलियामा समेत फिल्मको रिलिज गरिने भएको छ ,जसको सबै टिकट बिकिसकेको निर्माण पक्षले जनाएको छ ।
लभ ,रोमान्टिक फिल्म ‘ऋतु’मा राजबल्लभ कोईराला र मलिना जोशीको मुख्य भूमिका छ ।साथै फिल्ममा नायिका रिमा विश्वकर्माको समेत बिशेस भूमिका देख्न पाइनेछ । ए एल पी फिल्म ब्यानरमा बनेको फिल्मको अधिकाम्स सुटिङ अष्ट्रेलियामा गरिएको हो। यो फिल्मलाई मनोज अधिकारीले निर्देशन गरेका हुन् । सुसन प्रजापतीले खिचेको यो फिल्मलाई संदिप बडालले लेखेका हुन् ।
रिलिजको केहि दिन अगाडी ‘ऋतु’ भब्य प्रिमियर गर्ने निर्माण युनिटको योजना रहेको सुन्नमा आएको छ । चाडै बन्ने फिल्म ‘प्रताप‘ मार्फत सिनेमा को निर्देशन मा समेत आफ्नो कुसलता देखाउने तैयारी गरिरहेका ‘ऋतु‘ निर्माता मध्ये एक अपिल बिष्ट आफ्नो फिल्मलाई अमेरिका, जापान, चिन, बेलायत सहित अन्य मुलुकमा पनि रिलिज गर्ने कुरा बताउछन । उनको निर्देशनात्मक पहिलो फिल्म ‘प्रताप’मा यसअघि मधुमाश खेलेका मनोज आर सीको शिर्ष भूमिका रहने छ ।
 

%d bloggers like this: