Fri. Apr 26th, 2024

कल्पना गर्नुहोस्– कुनै चर्चमा पादरी सर्वांग नग्न भएर बाइबलका उपदेश दिइरहेका छन् र उनलाई सुन्नेहरू पनि नांगा छन् । अमेरिकामा एक चर्चका पादरी नग्न भएर क्रिस्चियन धर्मको शिक्षा दिइरहेका छन् । भर्जिनिया राज्यअन्तर्गत साउथ्याम्पटन काउन्टीमा अवस्थित ह्वाइट चर्चका पादरी केपास्टर एलेन पार्कर नांगै भएर धर्मको सन्देश दिइरहेका हुन्छन् । उनैको प्रेरणाले केही अनुयायी पनि निर्वस्त्र भएर प्रार्थना गरिरहेका हुन्छन् । उनीहरूका हातमा बाइबल हुन्छ । 
पादरी पार्करको यो नयाँ दर्शन लागू गर्न उनका केही अनुयायी नांगै भएर वा कम कपडा लगाएर चर्चमा प्रार्थना गर्छन् ।
पादरी पार्करले नग्नता किन आत्मसात् गरे त ?
यस्ता छन् उनका तर्कः
–अन्य चर्चमा कपडा लगाएर जानुपर्छ । म यसमा पाखण्ड देख्छु । यो भौतिक पाखण्ड समाप्त गर्न चाहन्छु म । मेरो चर्चमा कोही निर्वस्त्र भएर प्रार्थना गर्न चाहन्छ भने उसलाई त्यो सुविधा उपलब्ध छ ।
–बाइबलमा नग्नताका थुप्रै उदाहरण छन् । सुली चढ्दा जिसस निर्वस्त्र थिए । पुनर्जीवित हुँदा पनि उनी निर्वस्त्र नै थिए । उनी निर्वस्त्र जन्मिएका थिए । ईश्वरले हामीलाई जस्तो बनाएका छन्, त्यसलाई कसरी गलत मान्न सकिन्छ ?
–समानताका लागि नग्नता एउटा औजार बन्न सक्छ । नग्नतामार्फत व्यक्तिगत तडकभडक र ग्ल्यामरस वेषभूषाको अन्त्य गर्न सकिन्छ ।
–शारीरिक रूपमा कसैले आफूलाई उत्तम ठान्नु हुँदैन । हामी मानिस हौँ । हाम्रो शरीरमा दाग हुन सक्छ । जे छ, त्यसलाई स्वीकार गर्नुपर्छ ।

%d bloggers like this: