Fri. Apr 26th, 2024

 बाबु सुरेश डि सि ,काठमाडौं , फागुन २०, ग्लोसी पिक्चर र क्रियटिभ फिल्मस्ले निर्माण गर्ने अनि दुर्गिश थापाको प्रस्तुतीमा बन्ने फिल्म ‘आभास’ निर्माण पक्षले नयाँ अफर ल्यएको छ। ग्राफिक्स डिजाईनरको लागि आएको सो अफर ‘आभास’को ‘टाईटल डिजाईनिङ्’ हो। नयाँ र मेहनती नेपाली डिजाईनरलाई प्रोत्साहन र अवसर प्रदान गर्ने उद्देश्यले ‘टाईटल डिजाईनिङ्’ प्रतियोगिता राखिएको हो।
फिल्म सम्पादनमा निकै चर्चा पाएका सुरेन्द्र पौडेलले निर्देशन गर्ने ‘आभास’ को लागि आफ्नै रोजाईमा डिजाईन गर्न पाइने  छ। नेपाली र अंग्रेजी दुवै भाषामा टाईटल बनाउन सकिने छ। जो कोहिले पनि आफ्नो डिजाईन पठाउन सक्नेछन्। ”उत्कृष्ट डिजाईन गर्ने एक जना लाई उचित पुरस्कार प्रदान गरिने छ” निर्माता गोबिन्द शाहीले बताए ।
डिजाईन durgishfilms@ymail.com मा इमेल गरि पठाउन सकिने छ साथै ‘आभास’को अफिसियल फेसबुक पेज आभास मा आफ्नो नाम सहित पोस्ट गर्न पनि सकिने छ । डिजाईन स्पष्ट खुल्ने साईज र फोर्मटमा पठाउनुपर्नेछ। डिजाईन पठाउने अन्तिम मिति फागुन मसान्त सम्म तोकिएको छ।
‘आभास’को लागि मुख्य कलाकारको समेत खोजी भईरहेको छ। यो फिल्ममा सुनिल रावल ,गोविन्द शाहि साथै दिपक शाहीको लगानी रहने छ।

%d bloggers like this: