Fri. Apr 26th, 2024

काठमाडौं, १९ फागुन । नेपाली चलचित्र ‘लभसब’ को सोमबारबाट छायांकन सुरु गरिएको छ । पाटनको मंगलबजारमा संयम पुरी र शिशिर भण्डारीले सट दिएपछि छायांकन प्रारम्भ भएको निर्माणपक्षले घोषणा गरे । शुभारम्भ सटमा शिशिरले अर्का कलाकार संयमको जुत्ता पोलिस गरिदिएका थिए ।
देवकुमार श्रेष्ठ निर्देशित यस चलचित्रमा संयम, शिशिरका अलावा सलोन बस्नेत, करिश्मा श्रेष्ठ, केके अधिकारी, अर्चन राईलगायतका नयाँ पुस्ताका कलाकारको अभिनय रहने भएको छ । चलचित्रमा सुजिल कर्माचार्यको संगीत तथा कृष्ण श्रेठको छायांकन रहने भएको छ । ‘लभसभ’ को निर्माण सशील पोखरेलले गर्न लागेका हुन् ।
त्यस्तै, सोमबार राजधानीको अर्को चचलचित्र पनि शुभमुर्हुत भएको छ । निर्माणपक्षले राजधानीस्थित भद्रकाली मन्दिर पुजाआजा गरी चलचित्र ‘कवाडी’ निर्माणको घोषणा गरे ।
मिलन आले मगरले निर्देशन गर्ने ‘कवाडी’ मा अनु शाह र मुकेश आचार्यले मुख्य भूमिकामा खदेखिने छन् । भानसरा घलेको निर्माण रहने यस चलचित्रमा भरत शेरचनको संगीत र रामेश्वर जिरेलको छायांकन रहने भएको छ । चलचित्रमा अनु र मुकेशका अलावा शक्ति जिएम, सुदिप काफ्ले, रश्मी भट्टलगायतको अभिनय रहने भएको छ ।

कवाडीको मुर्हुत शर्टको फोटो

kawadi

%d bloggers like this: