Fri. Apr 26th, 2024

चेक गणतन्त्रको टेलिभिजन च्यानल ‘केस्का टेलिभाइज’बाट समाचार प्रसारण भइरहेको थियो । समाचारवाचक डेनियल टेकास बडो भलाद्मी पारामा समाचार पढिरहेका थिए । तर, उनीपछाडिको डिजिटल भित्तामा लिंगको आकृति सलबलाइरहेको थियो । डेनियलले केही क्षणपछि मात्रै यसको भेउ पाए र अलमलिए । समाचार कक्षका अन्य कर्मचारी पनि चकित थिए । 
केस्का टेलिभाइजले दर्शकसँग लिंगको छायाका कारण परेको असुविधाप्रति क्षमा मागेको छ । टेलिभिजनका प्रवक्ताले भने, ‘यो हाम्रो ‘सिल्ली मिस्टेक’ हो । लिंगको त्यो छाया हामीले तयार पारेको डकुमेन्ट्रीको एउटा दृश्य थियो । प्रत्यक्ष प्रसारणमा यस्तो गल्ती हुनु दुःखलाग्दो कुरो हो ।’
 

%d bloggers like this: