Fri. Apr 26th, 2024

मनोरंजनसंसार डटकम
brindawan
रुद्राक्ष फिल्मसको ब्यानरको प्रस्तुतिमा निर्माता रुद्र खनालको चलचित्र “वृन्दावन” प्रदर्शन मुखको नजिक हुदा अहिले चर्चामा रहेको छ | चलचित्र टिमले अपाङगता भएका बालबालिका तथा महिलालाई भोजन गराउँदै आफ्नो फिल्मको फरक किसिमबाट प्रोमोशनमा पाइला चालेको छ | चलचित्र युनिटको यस्तो किसिमको प्रयासलाई सबैले उच्च सम्मान समेत प्रदान गरेका छन् | अहिले दर्शकहरु माझ चलचित्र “वृन्दावन” को निकै चर्चा संगै उत्सुकता समेत बढेको छ |
चलचित्रमा शिल्पा पोखरेल संगै किशोर खतिवडा र दीपेन्द्र जीसीको मुख्य अभिनय रहेको छ | चलचित्रलाई राजबहादुर सानेले निर्देशन गरेका गरेका छन्। चलचित्र पूर्ण रुपमा नारी प्रदान रहेको कुरा निर्माता रुद्र खनालले जानकारी दिनु भएको छ | चलचित्रमा नारीको कथालाई बिशेष जोड दिएकोले पनि नारीहरुको महान चाड हरितालिका तीजको अवसर पारेर चलचित्र “वृन्दावन” प्रदर्शन गर्न लागिएको कुरा पनि उनले उल्लेख गरेका छन् | चलचित्र सम्पूर्ण दर्शकको मनमा बस्न सफल रहने विश्वास पनि उनले ब्यक्त गर्नुभएको छ |
हेर्नुस ट्रेलर :

Leave a Reply

%d bloggers like this: