Thu. May 2nd, 2024

मनोरंजनसंसार डटकम
suntalilai-bhagai-lagyo-jhilkele
चलचित्र “सुन्तलीलाई भगाई लग्यो झिल्केले” को प्रदर्शन मिति नजिकिदै गर्दा दर्शकहरु माझ निकै उत्सुकता बढेको छ | चलचित्रको गीत संगीत र ट्रेलरको दर्शकहरुमा निकै राम्रो प्रभाव परेको देख्न सकिन्छ | अहिले सबैतिर चलचित्रको निकै चर्चा रहेको पाइन्छ | चलचित्रको बनोट र प्रस्तुति हेर्दा चलचित्रले दर्शक माझ निकै राम्रो छाप राख्ने संकेत गर्दछ | चलचित्रमा सुन्तलीको भूमिकामा कलाकार सुरजनी केसी र झिल्केको रोलमा कलाकार सुशील सिटौलाले अभिनय गरेका छन् । रीजा भुषाल र सुशान्त कार्की फिल्मका अर्का मुख्य कलाकार हुन् ।
suntalilai-bhagai-lagyo-jhilkele
फिल्मलाई ऋषिराज आचार्यले निर्देशन गरेका हुन् । यस अघि ‘मिस्टेक’ र ‘सपना तिम्रो मेरो’ निर्देशन गरेका आचार्यको यो तेस्रो फिल्म हो । आफ्नो तेस्रो फिल्म भए पनि आफ्नो अहिले सम्मको सबै भन्दा राम्रो चलचित्र बनेको कुरा पनि उनले प्रस्ट परेका छन् | “सुन्तलीलाई भगाई लग्यो झिल्केले” पुरा रुपमा नेपाली सामाजिक चलचित्र रहेको कुरा पनि उनले बताएका छन् | यस चलचित्रले सम्पूर्ण नेपाली दर्शकहरुको मन जित्ने विश्वास पनि उनले ब्यक्त गरेका छन् |उनले भने – दर्शकले “सुन्तलीलाई भगाई लग्यो झिल्केले” बाट साच्चिकै नेपाली फिल्मको टेस्ट पाउनु हुनेछ र हिन्दी अनि अंग्रेजी चलचित्र मात्र हेर्छु भन्ने दर्शकहरु पनि यो चलचित्र हेरे पछि नेपालमा पनि राम्रो नेपाली चलचित्र बन्न थालेछ भनेर खुसि हुनुहुनेछ |
चलचित्र श्रावण २१ बाट देशभरको सम्पूर्ण हलहरुको साथै अमेरिकामा समेत एकैसाथ प्रदर्शन हुदैछ |
हेर्नुस ट्रेलर :

Leave a Reply

%d bloggers like this: